एमएको प्रमाणपत्र दराजमा थन्क्याएर अटोरिक्सा !


प्रकाशित मिति : पुस ५, २०७५ बिहीबार

उनले समाजशास्त्रमा एमए उत्तीर्ण गरेका छन् । उनी अर्थात गुल्मीको रेसुङ्गा नगरपलिका–२ तम्घास धागीथुका ३४ बर्षिय सन्तोष पन्थी । एमए सकेर कुनै समय काठमाडौको एक क्याम्पसमा समेत पढाउँथे पन्थी ।

उनै पन्थी केही महिनादेखि सदरमुकाम तम्घासमा अटोरिक्सा चलाएर यात्रु ओसार पसार गरिरहेका छन् ।

नौ बर्षअघि मास्टर डिग्री सकेका पन्थी काठमाडांैको एनएम कलेजमा पार्ट टाईम पढाउने गर्थे । क्याम्पस पढाउँदा प्रति पिरियड दुई सय ५० रुपैयाँ कममाइ हुन्थ्यो उनको । तर, त्यो कमाइले उनलाई खर्च चलाउन मुस्कील भयो । बरु उनलाई जिल्लामै केही गर्ने सोच आयो । घर फर्किए ।

साथीहरुसँग मिलेर करिव ७ बर्षसम्म तम्घास लाँकुरीमञ्मा फास्टफुड सञ्चालन गरे । स्थानीय तहको गठनपछि सदरमुकामका अन्य होटल, रेष्टुरेन्टजस्तै उनको रेष्टुरेन्ट पनि टाट पल्टियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

व्यवसाय नचलेपछि फास्टफुड चलाउन बनाएको टहरो भत्काए । समानहरु बेचे । अव के गर्ने ? उनले उपाय खोजे । त्यसक्रममा स्थानीय बजारमा सवारी साधनकोे अभाव भएको देखे । त्यो अभाव पुरा गर्न अटोरिक्सा किनेर आफै चलाउने उनले निधो गरे ।

बुटवल पुगेर ५ लाख मुल्यको अटोरिक्सा किनेर केहि दिनसम्म सिके । पन्थी भन्छन, ‘तेल खर्च कटाएर पनि महिनाको ५० हजार चोखो कमाइ हुन्छ ।’

उनले स्कुले जीवनदेखि नै सरकारी जागिर खाने सपना नसाँचेका भने होइनन् । तर नमिलेपछि डिग्री गरेको सर्टिफिकेट दराजमा थन्काएर स्वरोजगारीतर्फ लाग्नु उनका सामु अर्को विकल्प थिएन ।

‘हामी नेपालीहरु आफ्नो गाउँ–ठाउँमा काम गर्न लजाउने तर विदेशमा भने ट्यालेट पनि सफा गर्न तयार हुने भएका कारण बेरोजगारी बढेको हो । काम गर्न लजाउनु हुँदैन, श्रमको सम्मान गरौ त्यसो गर्न सके कोही पनि बेरोजगार बस्नु पर्दैन’ उनको बुझाइ र सुझाव छ ।

पन्थीको मात्रै होईन, डेढ महिनाको अन्तरालमा तम्घासमा ९ वटा अटो रिक्सा चल्न थालेका छन् । ती मध्ये रेसुङ्गा नगरपालिकामा ७ वटा दर्ता भएका छन् । ती सबै अटोरिक्साका चालकहरु कम्तीमा कक्षा १२ सम्म पढेका छन् ।

अर्का रिक्सा चालक हुन् दयासागर पन्थी । उनले पनि स्नातक उत्तीर्ण गरेका छन् । दयासागरले पनि स्वरोजगारीका लागि माध्यम अटोरिक्सालाई नै रोजेका छन् । सिमलटारी, धुर्कोट, ईस्मा, मुसिकोट र ईन्द्रगौडा सम्मको सडक ग्राभेलिङ्ग भई कालोपत्रे हुने क्रममा रहेकोले अटोरिक्साको माग बढ्दो छ ।

बिदेश जाने खर्च अटोरिक्सामा लगाउन सके कम्तीमा महिनाको ५० हजार स्वदेश मै बसेर कमाउन सकिने दुवै युवाहरुको भनाई छ ।

बुटवललमा दर्जनौ महिलाहरुले अटोरिक्सा चलाएर मासिक ६० देखि ७० हजार सम्म कमाउने गरेका छन् । अर्घाखाँचीमा २ सय भन्दा बढि ट्याक्सी र त्यति नै मात्रमा अटोरिक्सा सञ्चालन गरेर स्वरोजगार बनेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com