यी नेपाली युवाको साउदी जेलभित्रको दर्दनाक कथा : ‘मैले ट्वाइलेटको पानी पिएर बाच्नु पर्यो’ [ भिडियो सहित्]


प्रकाशित मिति : पुस ४, २०७५ बुधबार

झापा बुद्धशान्ति गाउँपालिका ४ का लिम्बू काठमाडौको महाराजगन्जस्थित ‘रोभ इनटरनेसनल प्रा.ली.’बाट जेनेरल ड्राइभर कामका लागि करिब ३ वर्षअघि साउदी अरबको रियाद पुगेका थिए ।

रियाद करम अल खलिज कम्पनीमा काम गर्न गएका लिम्बूलाई कम्पनीले बिना लाइसेन्स जबर्जस्ती गाडी चलाउन लगाएको थियो। लिम्बूले चलाएको गाडी दुर्घटनामा परि स्थानीय नागरिकको मृत्यु भएपछि उनलाई अदालतले १ लाख १२ हजार रियल अर्थात नेपाली करीब ३१ लाख रुपैयाँ ब्लडमनिको फैसला सुनाएको थियो।

कम्पनीले गाडी चलाउदै गर्नु लाइसेन्स र इन्स्योरेन्सपछि बनाउला केहि भएमा हामी जिम्मेवारी हुन्छौ भनेर जवर्जस्ती आफूलाई गाडी चलाउन लगाएको लिम्बूले बताए । एक दिन पछाडीबाट आएको गाडीले आफ्नो गुडिरहेको गाडीमा ठक्कर दिएर भएको दुर्घटनामा एक जना साउदी नागरिकको मृत्यु भएपछि आफूलाई पक्राउ गरी हिरासतमा राखेर केहि दिनअघि मात्रै स्थानीय अदालतले ब्लडमनिको फैसला सुनाएको लिम्बूको भनाई छ ।

रोजगारीका लागि विदेश गएका लिम्बुले यति  धेरै रकम कहाँबाट ल्याउनु भनेर उनी निकै आत्तिए। उनले त्यतिबेला ‘म निर्दोष छु मलाई बचाउनुस्’ भन्दै लिम्बूले आफ्नो जीवन रक्षाको लागि अपील गरेका छन्।

दुर्घटनापछि उनलाई सिधै जेल चलान गरिएको थियो। पक्राउ परेका लिम्बूलाई कम्पनी र मेनपावरले वास्ता नगरेको उनको भनाई छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अदालतको फैसलापछि उनलाई दुई छाक खाना खान समेत समस्या रहेको भन्दै लिम्बुको उद्दारका लागि पहल गरिदिन परिवारले सबैसँग अनुरोध गरेका थिए। उनले भने, ‘जेलमा मैले ट्वाईलेटको पानी पिउन बाध्य भए । जेलको जीवन कहालीलाग्दो हुन्छ, हिन्दु भनेर खान पनि अलगै अरुलेखाएपछि खानु पर्थ्यो त्यो पनि झुठो, खाएर छोडेको खाना।’

घटनाबारे दूतावासलाई जानकारी गराएको भएपनि अहिलेसम्म दूतावासका प्रतिनिधि अदालत र कम्पनीमा नपुगेको लिम्बुको भनाइ छ। उनले विदेश जाने कामदारलाई विना लाइसन्स गाडी नचलाउन आग्रह समेत गरे

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com