मेलम्चीका कारण अन्य आयोजनाहरु प्रभावित हुने छैनन् : मन्त्री मगर


प्रकाशित मिति : पुस ४, २०७५ बुधबार

खानेपानी मन्त्रालयको प्रथम चौमासिक प्रगति समीक्षा बैठक सम्पन्न भएको छ । खानेपानी मन्त्रालयको सभाहलमा आयोजित बैठकमा खानेपानी मन्त्री बीना मगरले देशैभरि आधारभूत खानेपानीको पहुँच पु¥याउन मन्त्रालयले ठोस कार्यक्रमहरु तीव्रताका साथ अघि बढाउने बताउनुभएको छ ।

बैठकको अध्यक्षता गर्दै उहाँले तीन वर्षभित्र जनतामाझ आधारभूत खानेपानीको सुनिश्चितता गर्न ढिलाई नगरी कार्यक्रमहरु अघि बढाउने बताउनुभयो ।

खानेपानी मन्त्रालय, मातहतका निकाय, प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयका प्रतिनिधिहरु सहितको संयुक्त बैठकमा मन्त्री मगरले रिजल्ट आउने गरी उत्साहजनक ढंगले कार्यक्रम तथा योजनाहरु कार्यान्वयन गर्दै लगिने स्पष्ट पार्नुभयो ।

बैठकमा मेलम्ची खानेपानी आयोजनाका बारे उठेका जिज्ञासाहरुलाई सम्बोधन गर्दै उहाँले संयमित भएर मेलम्चीमा आएको समस्या हल गरिने बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले भन्नुभयो, “मेलम्ची राष्ट्रिय गौरवको आयोजना भएकाले हाम्रो पहिलो ध्यान यसमा छ । मेलम्चीका कारण मन्त्रालयका अन्य आयोजना तथा कार्यक्रमहरु भने प्रभावित हुने छैनन् ।”

बैठकमा सचिव गजेन्द्रकुमार ठाकुरले मन्त्रालयले पूँजीगत खर्च बढाएर लैजाने र अन्य आयोजनाका कामहरु तीव्रताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बैठकमा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिल दासले खानेपानीको पहुँच नपुगेका देशैभरिका नगरपालिका, गाउँपालिका, वडा तथा टोलहरुको पहिचान गरी तथ्यांक संकलन गरेर योजना पुस्तक तयार पारिएको जानकारी दिनुभयो ।

उक्त योजनाहरुका आधारमा मन्त्रालयले कार्यक्रमहरु अघि बढाउनेछ ।
राष्ट्रिय योजना आयोगका सहसचिव विजुकुमार श्रेष्ठले गुणस्तरीय खानेपानीको पहुँच पु¥याउने गरी कार्यक्रमहरु जनतामाझ लैजान आग्रह गर्नुभएको थियो ।

बैठकमा अर्थ मन्त्रालयका उपसचिव गौरीशंकर उपाध्यायले बजेटको पूँजीगत खर्च बढाउन मन्त्रालयलाई आग्रह गर्नुभयो । उहाँले मेलम्ची खानेपानी आयोजनाको काममा बजेट अभाव हुन नदिन अर्थ मन्त्रालय गम्भीर रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “मेलम्ची राष्ट्रिय गौरवको आयोजना हो । अहिले जे जस्तो समस्या आएपनि बजेटको समस्या होला कि भनेर चिन्ता लिनु पर्दैन । मेलम्चीलाई चाहिने जति बजेट हामी उपलब्ध गराउँछौं ।”

बैठकमा आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेशबहादुर खत्रीले काठमाडौं उपत्यकाको सल्लाघारी, धोविघाट तथा कोड्कु र बालकुमारीमा ढल प्रशोधन केन्द्र निर्माण गर्ने कार्यको छिट्टै शिलान्यास गरिने बताउनुभयो । उहाँले गुह्येश्वरी ढल प्रशोधन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजीवविक्रम राणाले वाटर एटीएम जडान गर्ने कार्य अन्तिम चरणमा रहेको र यसका लागि पुरातत्व विभागबाट अनुमति लिने प्रक्रिया अघि बढेको जानकारी दिनुभयो ।

उहाँले काठमाडौं उपत्यकामा सञ्चालित ट्यांकरहरु मध्ये हालसम्म ६ सय २० ट्यांकरलाई स्टीकर प्रदान गरिएको बताउनुभयो । यसैबीच खानेपानी मन्त्रालयको समीक्षा बैठक पनि आजै बुधबार बस्यो ।

बैठकमा मन्त्रालयबाट तयार भएको ढल नीति स्वीकृत भईसकेको र खानेपानी सँग सम्बन्धित छाता ऐन बनिसकेकोले पारित हुने प्रक्रियामा रहेको जानकारी गराईयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com