हिजोदेखि हराएका ६ वर्षीय बालक स्कुलको सेफ्टी ट्यांकीमा यस्तो अबस्थामा भेटिए
प्रकाशित मिति : पुस ४, २०७५ बुधबार
एक बालक स्कुलकै सेफ्टी ट्यांकीमा मृत अवस्थामा फेला परेका छन्। बुधबार बिहान उनको शव भेटिएको हो। मंगलबार बिहान स्कुल गएका बालक घर नफर्केपछि खोजीकार्य तीव्र पारिएको थियो।दैलेख सदरमुकामस्थित सनराईज बोर्डिङ स्कुलमा युकेजीमा पढ्दै गरेका ६ वर्षीय हिक्मत शाहीको शव बुधबार बिहान सोही स्कुलको सेफ्टी ट्याङ्कीमा फेला परेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी प्रमुख डीएसपी ठाकुरप्रसाद पोखरेलले खोजीकार्य जारी रहेको बेला बालकको शव उनी पढ्दै गरेको स्कुलको सेफ्टी ट्यांकीमा भेटिएको जानकारी दिए।
बालक मृत अवस्थामा भेटिएपछि घटना रहस्यमय बनेको छ। जिल्लाको पश्चिममा पर्ने ठाटीकाँध गाउँपालिका-३ घर भएका बालकका आमाबुवा दैलेख सदरमुकामका खुद्रा व्यापारी हुन्। त्यस्तै बेनीको कालिपुलबाट प्रहरीले लागुऔषध सहित एक युवकलाई पक्राउ गरेको छ। उदयपुरको कटारी नगरपालिका १० का २४ वर्षीय आर्यन कार्कीलाई लागू औषध सहित नियन्त्रणमा लिएर अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्कीको साथबाट डाइजेपाम २४ एम्पुल, फेनारागन २४ सम्पुल, नुर्फिन २४ एम्पुल र लागू औषध प्रयोजनका लागि सुई सहितको सिरिन्ज एक थान समेत बरामद गरिएको प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले जानकारी दिए।






