श्रीमतीलाई डा.सुनिल शर्माले बचाएपछि दंग भए दिलबहादुर


प्रकाशित मिति : पुस ३, २०७५ मंगलबार

उपचार गर्ने पैसा नहुँदा श्रीमतीको मृत्यु प्रतिक्षा गर्न बाध्य बनेका मोरङको पथरी शनिश्चरेका दिलबहादुर धिमाललाई अहिले भने यो पीडा हटेको छ । बिरामी भई ओछ्यानमै थला परेकी श्रीमती पिच्वी धिमाललाई उपचार गर्न पैसाको जोहो गर्ने कुनै उपाय नहुँदा श्रीमती माया मार्नुको विकल्प भेटेनन् दिलबहादुरले ।

‘उपचार गर्ने पैसा नभएकाले मैले त श्रीमतीलाई माया मारिसकेको थिए ।’ दिलबहादुरले भने, ‘सुनिल सरले हामीमाथि उपकार गर्दिनाले श्रीमतीको ज्यान जोगियो ।’ बिरामी श्रीमतीलाई उपचार गर्न नसकेर तड्पिरहेको अवस्थामा नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले उनीहरुलाई साथ दिएर पीडामा मलम लगाईदिएका हुन् । उनीहरुको दयनीय अवस्था थाहा पाएर उद्दारका लागि डा.शर्मा बिरामीको घरमै पुगेका थिए ।

प्रष्टसँग बोल्नसमेत नसक्ने पिच्वी करिव एकवर्ष अघिदेखि हात खुट्टा नचल्ने र पिसाबको समस्याका कारण थला परेकी थिईन् । उठ्नसमेत नसक्ने अवस्थामा पुगेकी उनलाई फोहोरका कारण सुतेको ठाउँमा झिँगाले घेरेको थियो । अर्काकोमा ज्याला मजदुरी गरेर बृद्ध अवस्थामा कष्टपूर्ण तरिकाले जीविकोपार्जन गर्दै आएका उनीहरुसँग उपचार गर्नका लागि पैसा थिएन ।

स्थानीय सामुदायिक वन व्यवस्थापन समितिले बनाएको टहरोमा जीविका चलाउँदै आएका वृद्ध दम्पतीको अवस्था अत्यन्तै दयनीय थियो । रोगले थलिएको महिनौं बितिसक्दासम्म पनि पैसा नभएका कारण उपचार गर्न नसकेको थाहा पाएर सहयोग गरेको डा. शर्माले बताए । बिरामीलाई नोबेल अस्पतालसम्म ल्याउन स्थानीय मुराहरी आचार्यलगायतले पनि सहयोगी भूमिका निर्वाह गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नोबेलमा ल्याएर धिमाललाई निःशुल्क उपचार गर्ने मात्र नभएर निःशुल्क औषधि र बिरामीसहित कुरुवालाई समेत खानाको व्यवस्था पनि डा. शर्माले नै मिलाईदिएका हुन् । उपचार गर्ने पैसा नभएर बिरामी श्रीमतीलाई माया मारिसकेका दिलबहादुर एक पैसा पनि खर्च नगरी श्रीमती निको भएपछि अहिले खुःसीले दंग छन् । समाजसेवी डा.शर्मा पिच्वी जस्ता सयौं बिरामीलाई निःशुल्क उपचार गरेर गरिव, विपन्न तथा असहायको सारथी बनेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com