साउदी अरब किन चिढियो अमेरिकासँग ?


प्रकाशित मिति : पुस २, २०७५ सोमबार

साउदी अरबले अमेरिकी सिनेटको प्रस्तावलाई निन्दा गरेको छ । पत्रकार जमाल खशाग्गीको हत्याका विषयमा युवराज मोहम्मद बिन सलमानलाई जिम्मेवार ठह–याउने गरी भएको मतदानमाथि साउदीले आपत्ति उठाएको हो ।

साउदी अरबको परराष्ट्र मन्त्रालयले एउटा बयान जारी गरेर सिनेटको मतदान साउदीको आन्तरिक मामिलामा हस्तक्षेपको कोशिश भएको र सिनेटको प्रस्ताव झूटो आरोपमा आधारित रहेको जनायो ।

अमेरिकी सिनेटले साउदी अरबको नेतृत्वमा यमनमा चलिरहेको युद्धमा अमेरिकाको सहायता अन्त्य गर्ने र पत्रकारको हत्याका लागि साउदी युवराज बिन सलमान जिम्मेवार रहेको पक्षमा मतदान गरेको थियो ।

यो मतदानलाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका लागि ठूलो झड्का मानिएको छ किनकि उनी यी दुवै विषयमा विपक्षमा छन् । ट्रम्प प्रशासनले प्रस्तावको विरोध गरिरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले यस विषयमा भिटो गर्ने कुरा झिकेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com