चौधरी र रावलको डिएनए रिपोर्ट विभागमा , दुई प्रहरीसहित ७ जनाको पनि डिएनए जाँच


प्रकाशित मिति : पुस २, २०७५ सोमबार

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आशंकामा लिइएको स्थानीय प्रदीप रावल र विशाल चौधरीको डिएनए जाँचको रिपोर्ट प्रहरीको अपराध अनुसन्धान विभागमा थन्किएको छ।

बालिका पन्तको हत्या आरोपमा रावल र चौधरी पक्राउ परेपछि हौसिँदै प्रहरी अनुसन्धानमा जुटेको थियो। बयानमा रावलले स्विकार गरिसकेको र उनकै बयानका आधारमा चौधरीलाई पक्राउ गरिएको प्रहरी स्रोतले त्यसबेला बताएको थियो।

स्रोतका अनुसार रावल र चौधरी दुबै जनाको डिएनए नमिलेपछि हौसिएको प्रहरी एकाएक निराश भएको थियो।

यसभन्दा अघि डिएनए जाँच नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)मा हुने गरेको थियो। सोही प्रक्रिया पूरा गर्न प्रहरीले रावल र चौधरीको डिएनए जाँच गर्न नास्ट पठाएको थियो। तर, नास्ट स्रोतले गत बिहीबार नै डिएनए जाँच गरेर प्रहरीलाई पठाइसकेको जनाएको छ। यसभन्दा बढी नास्टले डिएनएको बारेमा आफूले बोल्न नमिल्ने बताएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नास्टबाट प्रहरीको अपराध अनुसन्धान  विभाग पुगेको डिएनए रिपोर्ट अहिलेसम्म सार्वजनिक हुन सकेको छैन। डिएनए रिपोर्टबारे सिआइबीले आफूलाई केही जानकारी नहुने र रिपोर्ट सिधै कन्चनपुर जाने बताएको छ।

दुई प्रहरीसहित ७ जनाको पनि डिएनए जाँच

बालिका पन्तको बलात्कार हत्या आरोपमा प्रहरीले थप ७ जनाको डिएनए जाँच गरेको छ। राष्ट्रिय अनुसन्धान विभागका २ जना सिपाही र थप ५ जना गरी ७ जनाको डिएनए जाँच गरिएको स्रोतले जानकारी दियो। उनीहरुको डिएनए रिपोर्ट भने आइनसकेको स्रोतले जानकारी दियो।

अहिले डिएनए जाँचका लागि पठाइएका सातै जनालाई सिआइबीका डिएसपी अंगुर जिसीको टोलीले सोधपुछ गरेर हत्यामा संलग्न नभएको देखिएको भन्दै छाडेको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com