चैतमा आउनेछ पाइपलाइनबाटै पेट्रोल


प्रकाशित मिति : पुस १, २०७५ आईतबार

आगामी चैतमा मोतीहारीबाट अमलेखगञ्जमा पाइपलाइनबाट पेट्रोलियम पदार्थ आउने भएको छ । निर्माणको काम तोकिएको समयभन्दा अगावै सम्पन्न हुने भएकाले चार महिनापछि अर्थात् चैत १७ गतेसम्म पेट्रालियम पदार्थ ल्याउने तयारी गरिएको हो । निगमका अनुसार भारततर्फको ३२ किलोमिटर पाइपलाइन अन्तिम चरणमा पुगेको छ भने नेपालतर्फ करिब २३ किलोमिटर सम्पन्न भइसकेको छ । अमलेखगञ्जको डिपोभित्रको आठ सय मिटर र अमलेखगञ्जदेखि पथलैयासम्मको नौ किलोमिटर बाँकी रहेको छ । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले भन्नुभयो, मार्चसम्ममा पेट्रोल ल्याउने गरी तीव्र गतिमा काम भएको छ ।

उहाँका अनुसार निर्माण कम्पनीले निरन्तर काम गरिरहेको छ । दैनिक निगरानी र अनुगमन गरी काम भएको उहाँले बताउनुभयो । कामका सन्दर्भमा नियमित छलफल र अनुगमनलाई गति दिइएको उहाँले जानकारी दिनुभयो । निर्माण शुरु गरेको तीस महिनाको अवधि तोकेर गत वैशाबाट शुरु भएको निर्माणको काम आठ महिना नपुग्दै ७५ प्रतिशत सम्पन्न भइसकेको छ । राष्ट्रिय गौरवको आयोजना मोतीहारी–अमलेखगञ्ज पाइपलाइन निर्माण भएपछि मासिक ७० करोड ढुवानी भाडा बचत हुने अनुमान छ । कुल दुई अर्ब ७५ करोड रुपियाँ लागतमध्ये पाइपलाइनका लागि दुई अर्ब र अमलेखगञ्ज डिपो निर्माणका लागि ७५ करोड लगानी हुनेछ ।

जसमा दुई अर्ब रुपियाँ भारत सरकारको र ७५ करोड रुपियाँ नेपाल सरकारको लगानी हो । निगमका अनुसार अमलेखगञ्ज मा भण्डारण ट्याङ्की थप गरिनेछ । हाल २३ हजार किलोलिटर क्षमताको ट्याङ्की रहेकोमा अब ४२ हजार किलोलिटर क्षमता भएको ट्याङ्की निर्माण हुनेछ । सो ट्याङ्की निर्मापछि एकैपटकमा २४ वटा गाडीले इन्धन भर्न मिल्नेछ । जसअनुसार दैनिक तीन सय वटा गाडीले तेल भर्न मिल्नेछ । १०.७५ इन्च ब्यासको सो पाइपबाट प्रतिघण्टा तीन लाख लिटर रक्सौलबाट आपूर्ति हुनेछ । पाइपलाइनबाट आ पूर्ति हुन थालेपछि ढुवानी लागत घट्ने, मिसावट नहुने, लोडिङ जाम, बन्द हडताल र समयको पनि बचत र आपूर्तिमा धेरै सहज हुने निगमले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com