सरकारविरुद्ध भयानक प्रचार युद्ध भइरहेको छ : प्रधानमन्त्री ओली


प्रकाशित मिति : पुस १, २०७५ आईतबार

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सही बाटोमा हिडिरहेको बताउनुभएको छ । पूर्व नेकपा (एमाले) निकट प्रगतिशिल तथा पेशागत कानुन व्यावसायी महासंघ (पिपिएलए) र नेकपा (माओवादी केन्द्र) निकट गणतान्त्रिक तथा प्रगतिशिल कानुन व्यवसायी संघ(आरपिएलए)को एकिकरणलाई आज पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले सफलता तर्फ अघि बढीरहेको सरकारका विरुद्ध अनेक किसिमका दुष्प्रचार गरिएको बताउनुभएको छ । “हामी अहिले असाधरण सफलताको विन्दुमा छौं” प्रधानमन्त्री ओलीले भन्नुभयो “तर यो सफलताको विरुद्ध भयानाक प्रचार युद्ध सञ्चालनमा छ । त्यसलाई परास्त गर्नुपर्दछ । ”

कम्यूनिष्ट पार्टीले बहुमत जनताको अभिमतबाट,बहुमत प्रतिनिधीले अनुमोदन गरेर बनाएको सरकारलाई केही- केहीलाई प्रिय नलाग्ने भए पनि यसले आम -जनताको हितमा नै काम गर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

“प्रचार युद्धमा गणतन्त्रका धरोहरहरुलाई आक्रमण गरिएको छ । राष्ट्रपतिका विषयमा अनावश्यक दुष्प्रचार छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यो कुनै व्यक्ति विशेष नभएर गणतन्त्रलाई नै धराशायी बनाउने योजनामा केन्द्रित छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गणतन्त्र विरुद्धको दुष्प्रचारका विरुद्ध बोल्नु आफ्नो कर्तव्य भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “जबसम्म डमरुलाई कसैले आक्रमण गर्दैन तवसम्म बघिनी चुप लागेर बस्छे तर जब डमरुलाई कसैले आक्रमण गर्छ बघिनी जतिसुकै ठुलो भिड भए पनि प्रतिकारमा उत्रन्छे ।

यो उसको धर्म नै हो ” प्रधानमन्त्री ओलीले भन्नुभयो “कम्यूनिष्ट आन्दोलन ,नेकपा र सरकारका विरुद्ध हमला गर्नेहरुले यो कुरा हेक्का राख्नु पर्दछ ।”

दुई संगठनको एकिकरणबाट नेपाल कानुन व्यावशायी संगठन (एनएलए) को गठन गरिएको छ । संगठनको संयोजकमा रुद्र नेपाल र सहसंयोजकमा दिनमणी पोख्रेल सहित ४५ सदस्यीय समिती चयन भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com