`थाइल्याण्डमा महेश्वरले स्वर्ण जित्दा बज्यो ‘श्रीमान गम्भीर नेपाली…’ को धून
प्रकाशित मिति : पुस १, २०७५ आईतबार
थाइल्यान्डमा जारी १०औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा नेपालका महेश्वर महर्जनले स्पर्ण पदक जितेका छन् । शनिबार साँझ भएको पुरुष ७५ केजी तौल समूहको फाइनलमा महेश्वरले स्वर्ण जितेका हुन् ।
महेश्वरले जितेको स्वर्ण पदक थाप्ने क्रममा आयोजकले नेपालको राष्ट्रिय गानको धुन भने पुरानै ‘श्रीमान गम्भीर नेपाली …..’ बजाएको थियो ।
अन्तरार्ष्ट्रिय ठूला प्रतियोगिताहरुमा कुनैपनि देशले जितेको पदक दिने क्रममा सोही देशको राष्ट्रिय धून बजाउने प्रचलन छ । नेपालको नयाँ राष्ट्रिय गान सयौं थुङ्गा …. बोलको धुन नबजेपनि नेपाली पदाधिकारी र खेलाडीले पुरानै धुनमा पदक थापेका थिए ।
महेश्वरले फाइनलमा भारतका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेका थिए । १२ खेलाडीको सहभागिता रहेको यस तौल समूहमा सिंगापुर तेस्रो भयो ।






