डेढ अर्ब खर्चेर राष्ट्रपतिलाई हेलिकप्टर
प्रकाशित मिति : पुस १, २०७५ आईतबार
सरकाले १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम खर्चेर राष्ट्रपति विद्यादेवी भण्डारीका लागि हेलिकप्टर खरिद गरेको छ । मन्त्रिपरिषद् बैठकबाट स्वीकृतगराएर नेपाली सेनाले राष्ट्रपतिका लागि मात्रै प्रयोग हुने गरी करिब डेढ अर्ब रुपैयाँमा इटालीमा निर्मित १४ सीट क्षमताको ‘अगुस्टा–वेस्टल्याण्ड–एडब्लू–१३९’ हेलिकप्टर खरिद गरेको हो ।
सेरोमोनियल राष्ट्रपति क्रमशः सुविधाभोगी बन्दै गएको आरोप लागिरहेका बेला सरकारले उनलाई थप विवादमा तान्नेगरी २४ सै घण्टा स्टचाण्डबाइ रहनेगरी महँगो हेलिकप्टर खरिद गरेको हो ।
हेलिकप्टर केही समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रहेन र शितलनिवाससँगै जोडिएको प्रहरी प्रतिष्ठान हटाएर त्यहाँ हेलिप्याड निमार्ण गरी सेनाको सुरक्षामा राखिने जनाइएको छ। राष्ट्रपतिकै लागि सरकारले केही महिनाअघि मात्रै मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर १४ करोड रुपैयाँका महँगा गाडीहरु किन्ने निर्णय गरेको थियो ।






