कारखानामा काम गर्दा-गर्दै शरीरमा १० रड घुसेपछि
प्रकाशित मिति : मंसिर २९, २०७५ शनिबार
शरीरमा १० रड घुसेर गम्भीर घाइते भएका एक कारखाना कामदार बच्न सफल भएका छन्। कारखानामा रहेको रोबोटले गलत तरिकाले काम गर्दा उनको शरीरमा १० रड घुसेको थियो।
४९ वर्षीय मिस्टर झौ नाम गरेका व्यक्ति कारखानामा भएको एक दुर्घटनामा परी गम्भीर घाइते भएको भन्दै अन्तराष्ट्रिय संचार माध्यमहरुले समाचार सम्प्रेषण गरेका छन्।
डिसेम्बर ४ मा घटेको यस दुर्घटनाको क्रममा मिस्टर झौको शरीरलाई १० रडले छेडेको थियो। तत्कालै अस्पताल पुर्याइए पछि उनको ज्यान बच्न सफल भएको हो।
नाइट सिफ्टमा काम गर्ने ती कामदारको शरीरमा ३० सेन्टिमिटर लामो र १.५ सेन्टिमिटर मोटो १० रड छिरेका थिए। १० मध्ये ६ रड पाखुरा र ४ काँध र छातीमा घुसेको थियो।
यदि कुनै पनि रड उनको मुटु र फोक्सोमा छिरेको भएको मृत्यु हुन सक्ने सम्भावना हुन सक्थ्यो। तर मुटु सहित अन्य महत्वपूर्ण अंगमा खासै असर नपरेको कारण उनको ज्यान बच्न सफल भएको डाक्टरहरुले बताएका छन्।






