काठमाडौं–निजगढ द्रूतमार्गको काम तोकिएकै समयभित्र सम्पन्न गर्न निर्देशन


प्रकाशित मिति : मंसिर २९, २०७५ शनिबार

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले जनताको न्यायोचित मागलाई तत्काल सम्बोधन गरी काठमाडौं–निजगढ द्रूतमार्ग निर्माणको काम तोकिएकै समयभित्र सम्पन्न हुनेगरी प्रभावकारी ढंगले अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले खोकना र बुङमतीका जनताको जग्गाको मुआब्जा ,स्थानीय सम्पदाहरुको संरक्षण गर्नुपर्ने लगायतका न्यायोचित माग तत्काल सम्बोधन गरी सो दू्रतमार्ग निर्माण कार्य समयमै सम्पन्न गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय, रक्षा मन्त्रालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

जनताको न्यायोचित मागलाई तत्काल सम्बोधन गरी सो द्रूर्तमार्ग निर्माणको कामलाई तोकिएकै मितिमा सम्पन्न गर्न सरकारलाई निर्देशन दिइएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन् । खोकनामा सो द्रुतमार्गको कामलाई अघि बढाउन एकीकृत योजना तय गर्न पनि सरकारलाई सचेत गराइएको छ । समितिकी सभापति श्रेष्ठले राष्ट्रिय गौरवको सो द्रूतमार्ग निर्माण कार्यलाई प्रभावकारी बनाउने गरी अन्तर मन्त्रालय समन्वयमा पनि जोड दिन सरकारको गम्भिर ध्यानाकर्षण गराए । समितिले खोकनाका जनताको माग सम्बोधन गर्न ढिलाई गरिए यसले विकराल रुप लिन सक्नेतर्फ पनि सरकारलाई सचेत गराएको छ । स्था

नीय जनताको मागलाई सरकारले उच्च प्राथमिकता दिएर सम्बोधन नगरे सो द्रूतमार्ग निर्माण हुन नदिन षडयन्त्र हुन सक्नेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको पनि समितिकी सभापति श्रेष्ठले बताइन् ।
समितिले स्थलगत अध्ययन तथा सम्बन्धित पक्षसँग छलफल गरेपछि सो दू्रतमार्ग निर्माण हुन नदिन षडयन्त्र हुन सक्ने निष्कर्ष निकाल्दै सचेत रहन सरकारलाई भनेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

करिव १ खरव १६ अरव लागत अनुमान गरिएको सो दू्रतमार्गको निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । बैठकमा समितिका सदस्यहरुले सो दू्रतमार्गको निर्माण लागत बढन नदिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com