काठमाडौं निजगढ फास्ट ट्रयाकको जग्गा मुआब्जाबारे संसदीय समितिमा विवाद


प्रकाशित मिति : मंसिर २८, २०७५ शुक्रबार

नेपाली सेनाले बनाउने लागेको काठमाडौं–निजगढ फास्ट ट्रयाक निमार्णको लागि जग्गा मुआव्जाको कारण थप समस्या आउने देखिएको छ । विगतमा ५० प्रतिशतले मुआब्जा पाइसकेको अवस्थामा फेरी खोकना र बुङ्मतीको ऐतिहासिक सम्पदा मासिने भन्दै फास्ट ट्रयाकमा अवरोध गर्नेहरु अग्रसर हुन थालेका छन ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको काठमाडौं–निजगढ फास्ट ट्रयाकको ५० प्रतिशत मुआब्जा बितरण भइसकेपछि पनि मुआब्जाको विवाद फेरी सुरु गरिएको छ । नेपाली सेनाले ४ वर्ष भित्र सक्ने गरी डिपिआर तथा निमार्ण कार्य सुचारु गरेपछि फास्ट ट्रयाकलाई बिवादमा ल्याउने काम सुरु भएको छ । मुआब्जाको बिषय बनँएर निमार्ण कार्य रोक्ने षड्यन्त्र भइरहेको छ । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा सांसदहरुले फास्ट ट्रयाकको मुआब्जाको बिषय उठाएपछि यो विवाद सतहमा देखिएको हो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले फास्ट ट्रयाक आवश्यकता नभएको बताए ।

यस्तै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी सांसद पम्फा भुसालले फास्ट ट्रयाक तथा अन्य बिकासको योजनाले खोकना र बुङमतीका स्थानियबासी दुखी भएको बतँइन । सरकारले स्मार्ट सिटी, बाहिरी चक्रपथ, फास्ट्रयाक जस्ता आयोजना खोकनालाई केन्द्रबिन्दु बनाएकोप्रति असन्तुष्टि जनाइन ।

तर बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले जग्गाको मुआब्जा बापतको १ अर्ब ७० करोड रुपैया वितरण भएपछि फेरी रोक्नु पर्ने भन्ने बिषयले राष्ट्रिय गौरवका कुनै आयोजना बन्न नसक्ने अवस्था आएको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले काठमाडौं–निजगढ फास्ट ट्रयाक कानुनसम्मत ढंगले निर्माणको काम भइरहेको भन्दै समस्यालाई देखाएर भन्दा पनि कसरी त्यहाका स्थानिय संस्कृतिसम्पदालाई कम क्षति हुने गरी काम गरिने बताए ।

गृहमन्त्री रामबहादुर थापा बादलले फास्ट ट्रयाकको प्रस्थान विन्दु खोकनाका जग्गाको मुआब्जा वृद्धि गर्दा देशब्यापी रुपमै असर पर्ने बतँए । मुआब्जा बिवादको समस्या सामाधानको लागि नीतिगत रुपमा मापदण्ड बनाएर भए पनि फास्टट्रयाकको समस्या हल गर्ने उनले बताए ।
नेपाली सेनाले निर्माण कार्य अघि बढाएको राष्ट्रिय गौरवको आयोजना अहिले मुआब्जाकै कारण बिवादमा आएको छ ।

जसले गर्दा यो आयोजना पनि तोकिएको समयमै नसकिने आयोजनाको सुचीमा पर्ने सक्ने अवस्था सृजना भएको छ । नेपाल सरकारले आफैले बनाउन लागेको राष्ट्रिय गौरवको आयोजनामा आएका समस्या समाधान गरी फास्ट ट्रयाकलँई निर्धारीत समयसीमामै सम्पन्न हुने गरि अगाडी बढाउन जरुरी देखिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com