मुम्बइमा बसेर पनि भारतका चर्चित कमेडियन कपिल शर्माले पञ्जाबलाई विर्सिएका रहनेछन् । उनले, पञ्जाबको परम्परागत शैलीमा बिहे गरेका छन् । केही समय डिप्रेशनको शिकार भएका कपिल अब विस्तारै तंग्रिदैछन् । उनले वुधबार आफ्नो बच्चैदेखिको साथ गिन्नीसँग बिहे गरेका हुन् । उनीहरु लामो समयदेखि प्रेममा पनि थिए । गिन्नीले कपिललाई सुख र दुखमा साथ दिएकी छिन् ।
उनको बिहेमा भारती सिंह, कृष्णा–अभिषेक, चन्दन प्रभावकर, राजिव ठाकुर, जस्विर जैसी लगायत थिए । कपिल कडा सुरक्षाको विचमा बिहेको मण्डपमा पुगेका थिए । कपिल आफ्नो जन्मस्थानमा कति पपुलर छन् भन्ने कुरा उनका फ्यानको क्रेजले पनि बताउथ्यो ।केहि समयको विश्रामपछि कपिल आफ्नो चर्चित रियालिटी शो ‘द कपिल शर्मा शो’ मार्फत दर्शकमाझ आउँदैछन् । उनले शो सुरु गर्नु अगाडि बिहे गरेका हुन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।