हिँडेको जन्ती, बन्नुपर्यो मलामी !


प्रकाशित मिति : मंसिर २७, २०७५ बिहीबार

गएराति दुई बजेअघिसम्म बेहुलाको घरबाट फोनमा बेहुली लिएर आउँदै गरेका जन्तीलाई सोधिँदै थियो– कहाँ आइपुग्यो ? भनेर ।

जवाफ हुन्थ्यो– मौरीघाटमा खाना खाँदैछौँ, अब छिट्टै आउँछौँ । तयारी गर्दैगर्नु । बेहुला बेहुली भित्र्याउन आतुर र हर्षित थिए आफन्तजनहरू ।

रत्यौली पनि चल्दै थियो । बेहुलाका बाबु साकाहारी भएकाले पूर्णतः भेज आइटम बनाइँदै थियो ।

त्यसको करिब १ घण्टापछि फोन आयो, जुन फोनले सबै आफन्तजनलाई छाँगाबाट खसाइदियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्षणभरमै बिहेको रमझम र खुशी रुवाबासीमा परिणत बन्यो ।

प्रसङ्ग बिहीबार बिहान लमही नगरपालिका–९ रिहार भन्ने स्थानमा जन्ती बोकेको स्कारपियो जिप दुर्घटनाको हो ।

दुर्घटनामा परी बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका वडानम्बर ९, समशेरगञ्जका २७ वर्षीया बेहुला यज्ञबहादुर केसीका पिता ५३ वर्षीय मनबहादुर केसी र उनकी धर्मपत्नी ४२ वर्षीया विमला केसीसहित ६ जनाको ज्यान गयो ।

यो दुखद् घटनापछि मृतकहरूको शव लमही अस्पतालमा पोस्टमार्टमपछि दाहसंस्कारका लागि राप्ती नदी किनारमा लगिएको बेहुला परिवारका भानिज नाता पर्ने दीपक केसीले बताए ।

‘हामी घाइते दुईजना उपचारमा कोहलपुरतिर छौँ’, केसीले भने– ‘बेहुलाबेहुली बोकेको गाडी घर पुगिसक्यो भन्ने सुनेका छौँ । यस्तो बेलामा बेहुली भित्र्याउने त कुरै भएन । अन्त्येष्टितर्फ नै लागिँदै छ ।’ उनले शमशेरगञ्जमा मात्र नभई सिङ्गो बाँके र दाङ जिल्लासम्म सन्नटा छाएको बताए ।

केसीका अनुसार चितवनको गीतानगरबाट बेहुली ल्याएर मौरीघाटमा रमाइलो गर्दै खान खाइसकेपछि ८ जना सवार बेहुलाका आमाबुबा चढेको गाडी घरमा पर्सिने तयारीका लागि सबैभन्दा अगाडि लागेको थियो ।

उनका अनुसार बेहुली लिएर हिँडेका केसी परिवारका जन्तीमध्ये करिब ५० जना बसमा र अरू चारवटा स्कारपियो गाडीमा थिए ।

शमशेरगञ्जस्थित घाइते गीता खत्रीका देवर पर्ने यामबहादुर खत्री भन्छन्– ‘अरू गाडीहरू पछाडि थिए, घर छिटो पुगेर तयारी गर्न भन्दै उहाँहरूको गाडी अगाडि हिँडेको थियो ।’

मृतकका भानिज पर्ने केसीका अनुसार नारायणघाटबाट त्यहाँका चर्चित बाजा लिएर चितवनको गीतानगरस्थित बेहुलीको घर पुगिएको थियो । विधिवत विवाह सम्पन्न भएपछि नाचगान गरी दिउँसो चार बजेको समयमा जन्ती बेहुली लिएर बेहुलाको घरतर्फ लागेका थिए ।

२७ वर्षीय बेहुला यज्ञबहादुर केसी सुर्खेतस्थित शिद्धार्थ बैङ्कमा अधिकृत तहको जागिरे हुन् । २४ वर्षीया बेहुली लक्ष्मी पौड्याल मास्टर डिग्री सेकेर लोकसेवा आयोगको तयारी गर्दैछन् । ती दुई बीच काठमाडौंमा सँगै पढ्दादेखि नै प्रेम सम्बन्धमा बाँधिदै आएका थिए । भानिज केसीले थपे, ‘उहाँहरू दुवै जना काठमाडौंमा सँगै पढ्नु भएकोले सम्बन्ध लामै हो ।’

बेहुला बेहुली जाे अर्काे गाडीमा रहेकाले सकुशल रहे ।

बेहुलाका मृतक बाबु मनबहादुर केसी शक्ति माध्यमिक विद्यालय पेरानीका शिक्षक थिए । उनी त्यस भेगकै प्रतिष्ठित समाजसेवी पनि थिए । उनकी धर्मपत्नी विमला पनि समाजसेवीका रूपमा क्रियाशील थिइन् । उनको काखमा रहेकी ५ वर्षीया नातिनीको पनि ज्यान गएको छ । केसी दम्पत्तीका तीन भाइ छोराहरूमध्ये कान्छो छोराको बुधबार विवाह भएको हो ।

घट्नामा शमशेरगञ्जकै ४९ वर्षीय विश्वनाथ अधिकारीको पनि ज्यान गएको छ । उनी पनि त्यस भेगमा प्रतिष्ठित समाजसेवीका रूपमा परिचित थिए । कोहलपुर नगरपालिका १२ का ७८ वर्षीय समाज सेवी दत्तबहादुर खत्री र शमशेरगञ्जका ३१ वर्षीय होनाहार युवा दीपककुमार खड्कालाई पनि त्यस गाउँले गुमाएको छ ।

सिँगारेर रङ्ङ्गी विरङ्गी पारिएको केसी परिवारको घरमा यतिबेला रुवाबासी चलेको छ ।

लमही अस्पताल बाहिर आफन्तजन भक्कानो छाडेर बिहीबार अपरान्हसम्म रोहिरहेका छन् । २१ वर्षीया चालक यामबहादुर बुढा र गीता खत्रीको कोहलपुरमा उपचार भइरहेको छ ।

उनीहरू दुवै खतरामुक्त भएको र स्वास्थ्य अवस्था सुध्रिँदै गएको आफन्तजनले बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com