हजुरआमालाई कुटपीट गर्दै खाना नदिने नातिलाई जेल !
प्रकाशित मिति : मंसिर २७, २०७५ बिहीबार
नेपाली समाजमा अहिले वृद्धवृद्धालाई अभिभावको रुपमा भन्दा पनि बोझको रुपमा लिने गरिएको छ ।
यो आधुनिक समाजको परिभाषा होईन कि सन्तानले आफ्ना मातापिता वा अभिभावक बिर्सनुपर्छ । सिन्धुलीपाल्चोक जिल्ला अदालतले बृद्ध हजुरआमालाई खान लाउन नदिई कुटपिट गरेको कसुरमा नाति र नातिनि बुहारीलाई कैद, जरिवाना र क्षतिपुर्ति सजायको फैसला सुनाएको छ ।

कतिपय आमाबुवा सन्तानको त्यही अपमान सहन गर्न नसकेर वृद्धाआश्रमको जीवन बिताउन बाध्य भएका छन ।
जिल्ला न्यायधीश टीकाराम आचार्यको इजलासले चौतारा साँगाचोकगढी नगरपालिका १२ साँगाचोकका ३० बर्षीय विक्रम गिरी र उनकी श्रीमती ३५ बर्षीया विष्णु गिरीलाई घरेलु हिंसा मुद्धामा जनही दुई महिना कैद र २० हजार रुपैयाँ जरिवना गर्ने फैसला सुनाएको हो ।
फैसला अनुसार दुवैले हजुरआमालाई ५० हजार रुपैयाँको दरले क्षतिपुर्तिसमेत दिनुपर्ने छ, अदालतका स्रेस्तादार लेखनाथ पौडेलले भने, आफुलाई नाति तथा नातिनी बुहारीले खान लाउन नदिने, हेला तथा कुटपिट गर्ने गरेको भन्दै ७८ बर्षीया राधाकुमारी गिरीले अदालतमा मुद्धा हालेकी थिईन् ।

आफ्ना सन्तानका लागि अभिभावकले मुद्धा दायर गर्नुपर्ने यो आफैंमा दुःखद कुरा हुन जाने जानकारहरु बताउँछन । नागरिक दैनिकबाट






