२९ औं प्रधानन्यायाधीशमा राणा सिफारिस


प्रकाशित मिति : मंसिर २७, २०७५ बिहीबार

मुलुकको २९ औ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बन्ने निश्चित भएको छ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश राणालाई सवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि सिफरिस गरेको छ ।

प्रधानन्यायाधीशको लागि न्यायपरिषद्ले न्यायाधीशद्वय दीपकराज जोशी र राणाको नाम प्रस्ताव गरेको थियो । जोशी विभिन्न प्रकरणले विवादित भएको र संसदीय बिशेष सुनुवाई समितिबाट यसअघि अस्वीकृत भएको कारण संवैधानिक परिषद्ले प्रधानन्यायधीशको लागि राणालाई सिफारिस गरेको हो । जोशी ऐनसेल कर छली लगायतका विभिन्न मुद्धामा विवादित हुँदै आउनु भएको छ ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस १७ मा ६५ वर्षे उमेर हदका कारण अवकाश लिदै हुनुहुन्छ । संवैधानिक निकायका पदाधिकारीले अवकाश पाउनु एक महिनाअगाडि नै नयाँ नियुक्तिका लागि सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ। मिश्रले अवकाशलिएपछि राणा मुलुकको २९ औं प्रधानयायाधीश बन्नु हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com