राजधानीमा चोरकाे बिगबिगी, सचेत रहन प्रहरीको आग्रह


प्रकाशित मिति : मंसिर २७, २०७५ बिहीबार

बुधबार प्रहरी अपराध महाशाखा टेकुमा बाफलमा कोठाभाडामा बस्दै आएकी तनहुँकी रेश्मा गुरुङ आफ्नो कोठा चोरिएको भन्दै उजुरी गर्न आइन्। रेश्माका अनुसार उनको कोठा मंसिर २४ गते दिउँसो ११ बजे तिर चोरी भएको थियो। कोठामा रेश्मा र उनका श्रीमान् बस्दै आएका थिए। रेश्माले भनिन्, ‘श्रीमान् अफिस जानुभएको थियो। खाना खाइसकेर म पनि दिउँसो कपडा धुने साबुन किन्नका लागि नजिकैको पसल पुगेर आउँदा १० मिनेट जतिमा कोठामा चोरी भइसकेछ।’‘कोठाबाट बाहिर निस्कने बेलामा एकै छिनमा आइहाल्छु भनेर ताल्चा नलगाइ निश्केकी थिएँ, पसल पुगेपछि साथीहरुसँग भेट भएकोले एक छिन कुराकानी गर्दा १० मिनेट जति समय लागेको थियो,’ रेश्माले भनिन्।

ग्राउण्ड फ्लोरको कोठा भएकोले गेटबाट बाहिरका मान्छेहरु सजिलैसँग कोठासम्म जानसक्ने ठाउँ थियो। दश मिनेटमा फर्केर आउँदा उनको सुन र पैसा मात्र चोरिएको तर मोबाइल, ल्यापटप भने जहाँको त्यँही थियो। दराज खुल्लै रहेकोले गहना र पैसा चोरी भए को उनलाई थाहा त भइहाल्यो तर कसले चोर्यो भन्ने थाहा भएन। रेश्माले भनिन्, ‘अचम्मको चोर रैछ ल्यापटप र मोबाइल छाडेर गहना र पैसा मात्र लगेछ।’राजधानीमा यस्ता चोरीका घटना दैनिक जसो हुने गरेका छन्। प्रहरी प्रवक्ता नरेन्द्र उप्रेती यस्ता चोरीको घटना कुनै नौलो नभएको बताउँछन्। चोरी गर्नेले कसैले मोबाइल ल्यापटप मात्र चोरी गर्ने र कसैले सुन र पैसा मात्र चोरी गर्ने गरेका घटना प्रहरीमा आउने गरेको उनले बताए।

उप्रेती भन्छन्, ‘फरक सामान चोरी गर्ने फरक फरक समूह हुन्छन्। सुन र पैसा चोरी गर्नेहरुले प्रायः ल्यापटप मोबाइल जस्ता इलेक्ट्रोनिक सामान चोरी गर्दैनन्। बरु इलेक्ट्रिक्स सामान चोरी गर्नेहरुले सुन पैसा जे पाएपनि लैजान सक्छन्।’कालीमाटी बस्दै आएका राकेश कुमार मण्डलको कोठाबाटै ग्यासको सिलिण्डरसँगै अन्य कोठामा भएका जिन्सी सामानसहित झण्डै पचास हजार रुपैयाँ जतिको चोरी भयो। उनले कोठा भाडामा पक्की घरमा नभएर सानो टिनको छाप्रोमा लिएका थिए। कोठामा खासै महंगो चिज नभएपनि भाडाकुँडा, ग्यास सिलिण्डर, रासन लगायतका सामग्री समेत चोरी भयो।

कोठाको ढोका बलियो नभएकोले ढोका फुटाएर आफू काममा गएको बेला चोरी भएको मण्डल बताउँछन्। मण्डलले भने, ‘कोठा भाडामा बस्ने दुख गरेर खाने म जस्ता मान्छेको कोठा कामबाट फर्किँदा रित्तै भएपछि कसरी काम गरेर खानु?’ उनी महानगरीय अपराध महाशाखा टेकुमा चोरी मुद्दा दर्ता गराउन गएका थिए। यस्ता घर चोरीका घटना दिनानु दिन बढ्दै गइरहेकाले व्यक्ति विशेष सचेत हुन प्रहरीले अनुरोध गरेको छ। आफू बसेको कोठा वा घर सुरक्षित बनाउनका लागि घर बाहिर निसिकनु अगाडि घरको गेट, झ्याल, ढोका राम्रोसँग बन्द गर्नुपर्ने प्रहरीको सुझाव छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घर चोरीमा संलग्न अपराधी अनुसन्धानबाट पत्ता लगाइ चोरीको प्रकृया हेरी सोही अनुरुप कारबाही गर्दै आएको प्रहरीले जनाएको छ। अपराध महाशाखा टेकुमा मात्रै दैनिक जसो १ देखि ५ वटासम्म घर चोरीका उजुरी लिएर पीडितहरु आउने गरेको प्रहरी प्रवक्ता नरेन्द्र उपे्रती बताउँछन्। चालु आर्थिक वर्षको चार महिनामा अपराध अनुसन्धान महाशाखामा मात्रै ६० भन्दा बढी घर चोरीका उजुरीहरु दर्ता भएको महाशाखा टेकुले जनाएको छ। जसमा १० वटा भन्दाबढी मुद्धाहरु सफल भइसकेको प्रहरीले जानकारी दिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com