न्युयोर्क राज्य सिनेटमा छिर्दै १३ बर्षको उमेरमा अमेरिका छिरेकी इरानी शरणार्थी


प्रकाशित मिति : मंसिर २५, २०७५ मंगलबार

न्युयोर्क राज्य सिनेटमा विजयी ५३ बर्षीय अन्ना कप्लान १३ बर्षको उमेरमा अमेरिकामा इरानी शरणार्थीका रुपमा आएकी थिइन् । अमेरिकामा राजनीतिमा होमिएकी उनी आगामी महिना न्युयोर्कको राज्य संसदको बैठकमा हुनेछिन् ।

कप्लान इरानमा भएको राजनीतिक हिंशाका कारण सन् १९७९ मा त्यहाँबाट भागेर अमेरिका आएकी थिइन् । उनी त्यही बर्ष इरान छाडिन्, जुन बर्ष शाहले श्रीपेच छाडेका थिए भने तेहरानमा इस्लामिक क्रान्तिले नयाँ सरकार बनाएको थियो ।

कप्लान र उनको परिवार यहुदी परिवारको थियो । उनका बुबाआमा नयाँ शासनबाट त्रसित थिए । त्यहाँबाट भागेर उनी र उनका दाजु अमेरिका आइसकेपछि एसाइलम दावी गरे । उनका बुबाआमा पनि १ बर्षपछि अमेरिका आए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत महिना भएको चुनावमा उनी ७ औं डिस्ट्रिक्टका रिपब्लिकन उम्मेदबारलाई पराजित गर्दै न्युयोर्क राज्यको सिनेटमा निर्वाचित हुने पहिलो इरानी आप्रवासी बनिन् । आगामी महिना सुरु हुने सिनेटमा उनी नयाँ सिनेटर हुनेछिन् । तर उनी राजनीतिमा भने नयाँ होइनन् ।

उनले सन् २०११ देखि टाउन अफ नर्थ हेम्पस्टेडमा काउन्सिलवुमनका रुपमा काम गरेकी थिइन् । सन् २०१६ मा कँग्रेस सदस्यमा उम्मेदवारी दिएपनि उनी विजयी हुन सकिनन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com