डोनाल्ड ट्रम्पको न्युजर्सी रिसोर्टमा कागजपत्रविहिनहरु काममा


प्रकाशित मिति : मंसिर २३, २०७५ आईतबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको न्युजर्सीमा रहेको रिसोर्टमा २ जना कागजपत्रविहिन महिलाहरुलाई काममा राखिएको खुलासा भएको छ । रिसोर्टमा कोठामा सरसफाईको काम गर्ने २ जना महिलाहरुको कागजपत्र नभएको सुपरभाइजरलाई समेत थाहा भएको र सुपरभाइरजरले उनीहरुलाई बेलाबेलामा देशनिकालाको धम्की दिने गरेको न्युयोर्क टाइम्सको रिपोर्टमा उल्लेख छ ।

रिसोर्टका अरु कैयन कागपत्रविहिन कामदारहरु रहेको दावी गरिएको छ । देशनिकालाको धम्की पाएको र काम गर्ने ठाउँमा दुब्र्यबहार गरिएको भन्दै ती दुई जना महिलाहरुले ट्रम्पको रिसोर्ट व्यवस्थापनबिरुद्ध मुद्दा दायर गर्ने भएका छन् । सुपरभाइजरले उनीहरुलाई पटकपटक गधा, कुकुर जस्ता शब्दहरु प्रयोग गरेको उनीहरुको दाबी छ ।

ट्रम्पको कम्पनीले भने आफ्ना दशौं हजार कामदारहरु रहेको र नियुक्ती प्रकृया एकदमै कडा रहेको जनाएको छ । कसैले गलत कागजात पेश गरेर काम गरेको भएमा उसलाई त्यस्तो थाहा हुनासाथ निष्काशन गरिने ट्रम्पको कम्पनीले जनाएको छ ।

काम गर्ने मध्येकी एक भिक्टोरिना मोरालेसले डोनाल्ड ट्रम्प आफैले कहिलेकाँही उनलाई ५० देखि एकसय डलरसम्म टिप्स समेत दिने गरेको बताएकी छिन् । रिसोर्टमा काम गर्ने कम्तीमा १ दर्जन कामदारको कागजात नभएको मोरालेसको दावी छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com