दश वर्षपछि बझाङमा जहाज, बझाङ्गी जनतामा खुशियाली


प्रकाशित मिति : आश्विन २५, २०७५ बिहीबार

गणेश विक / बझाङ ।

१० वर्षपछि बझाङमा घटस्थापनाकै दिन नेपाल एयरलाइन्सले परिक्षण उडान गरेकाे छ । १७ सिट क्षमताकाे नेपाल एयरलाइन्सकाे 9N-AKU साइन कलकाे ट्वीअटरल १२: ४५ मा बझाङकाे देवल विमानस्थलमा ल्याण्ड भएकाे हाे । दुर्इ जना चालक दलका सदस्यसहित ६ जना बाेकेर १२ :२४ मा नेपालगञ्जबाट उडेकाे उक्त जहाज २१ मिनेट लगाएर १२:५ बजे बझाङ ल्याण्ड भएकाे थियाे ।

विमानस्थलमा चालक दलका सदस्य नुरी शेर्पा र महेशराज पाण्डेयलार्इ बझाङबासी भव्य स्वागत गरेका छन् । झण्डै १० वर्षपछि देवल विमानस्थलमा जहाज देख्न पाउँदा बझाङबासीमा खुसीयाली छाएकाे छ ।

याे परिक्षण उडान भएकाले यसबाट नियमित उडान हुने नहने यकिन गर्न नसकिने सांसद अाशा बिकले बताइन् । उनले भनिन्,’मैले मन्त्रालय धाएँ, मन्त्री धाँए अाज बझाङमा जहाज पुग्याे भन्दा खुसी भएकी छु ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले पटक-पटक संसदमा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलार्इ भेटेर बझाङमा जहाजकाे अपरिहार्यता रहेकाे बाेध गराएकी थिइन् । बझाङमा यातायातकाे व्यवस्था भएपनि सडककाे दुराअवस्था हुँदा यात्रुहरुले निकै समस्या झेल्दै अाएका छन् ।

बझाङमा नियमित उडान भर्न रिपाेर्ट तयार हुने र रिपाेर्टले सहज-असहज र यात्रुकाे माग अनुसार उडान भरिने भएकाे छ । यदि याे अवस्थामा उडान सम्भव नभए धावनमार्ग कालाेपत्रे गरेर मात्र नियमित उडान भरिने नागरिक उड्यन मन्त्रालयले जनाएकाे

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com