नेपाली युवतीको नयाँ दिल्लीमा रहस्यमय निधन


प्रकाशित मिति : आश्विन २३, २०७५ मंगलबार

देवेन्द्र केसी ,बुटवल

गुल्मी जिल्ला ,कालीगण्डकी गाउँपालिका ,वडा नम्बर ७ सेरेखोला घर भई हाल भारत को राजधानी नयाँ दिल्ली मा कार्यरत नरेश विक की श्रीमती शर्मिला बिकले नयाँ दिल्ली नजिकै गुडगाँव,पालम विहार ,सेक्टर २३ ए ब्लक को पार्कमा चुन्नीको फेरोले पासो लगाई रहस्यमय परिस्थितिमा आत्महत्या गरेकी छिन।गत ६ अक्टोबर का दिन राती करिब एघार बजे श्रीमान् र जेठाजु सँग सामान्य भनाभन गरेर निस्किएकी शर्मिला विक ७ गते बिहान डेरा नजिकैको पार्कको चार मिटर सानो रुखमा झुण्डिएको अवस्थामा फेला परेको नयाँ दिल्ली बाट स्थानीय समाजसेवी टिका बहादुर कार्कीले जानकारी गराउनु भएको छ।

नेपाली जनसम्पर्क समिति भारत का क्षेत्रीय कोषाध्यक्ष र गुल्मी -भुर्तुङ्ग सम्पर्क समिति (भारत)का अध्यक्ष समेत रहेका कार्कीले धटना बारे जानकारी दिँदै भन्नुभयो’पाँच फुट भन्दा अग्ली रहेकी मृतक विक चार फुटको सानो रुखमा कसरी झुन्डिइन? यो आत्महत्या होइन सुनियोजित हत्या हो ‘ १३ वर्षीय छोरा र १० वर्षीय छोरी रहेकी मृतक विकको आत्म हत्या बारे नयाँदिल्लीका विभिन्न सङ्घ संस्थाहरूले पनि मुख खोल्दै विरोध जनाएका छन्। नेपाल पत्रकार महासङ्घ-भारत शाखाका प्रतिनिधि बाबु रोका मगर ,नेपाली देशभक्त आवाजका अध्यक्ष हरि रोका ,अखिल भारत नेपाली एकता समाज का ओम बहादुर खत्री र स्थानीय समाजसेवी बिपना शाहीले घटना रहस्यमयी भएको भन्दै थप अनुसन्धानको माग गरेका छन् ।

बाह्यपक्षबाट थप अनुसन्धानको माग भए पनि मृतकका श्रीमानले भने आफै झुण्डिएको प्रतिक्रिया दिँदै शव बुझेर दाहसंस्कार पनि गरिसकेका छन्। द्वन्दकालमा तत्कालीन माओवादीमा छामामार रहेकी मृतक विक ‘कसैले भनेको नसुन्ने ,आफ्नै ढिपी गर्ने र स्थानीयहरू सँग बढी हिम चिम गर्ने गरेको आफन्तहरूले बताएको’ समाजसेवी कार्कीले बताउनुभएको छ। हाम्रा नयाँदिल्ली सहकर्मी मुकुन्द पौडेलले रिपोर्टमा जनाएअनुसार ‘मृतकको मृत्यु सहज नभएको र संभवत हत्या भएको हुन सक्ने ‘बताएका छन् । पोस्टमार्टम रिपोर्ट तिन दिनपछि आउने भए पनि आफन्तहरूले स्थानीय संध संस्थाको रोहबरमा हिजै अनत्येष्ठी पनि गरिसकेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मृतकको आर्थिक अवस्था एकदमै नाजुक रहेको भन्दै स्थानीय गुल्मी-भुर्तुङ्ग सम्पर्क समिति(भारत)ले सात हजार रुपैयाँ र गुडगाँव स्थित रुरु ट्रावल्स ले परिजनहरुलाई नेपाल सम्म ल्याउने व्यवस्था गरिएको ट्रावस्स का प्रबन्धक केशव खनाल ले बताएका छन्। डेराबाट भनाभन गरेर निस्किएकी विकलाई रातमा तीव्र खोजी गरिएपनि बिहान मात्र पार्क मा फेला पारेको आफ्नतहरु लाई उध्रित गर्दै सहकर्मीले जनाएका छन्। घटनाको थप अनुसन्धानको माग भए पनि धटनास्थलमा मृतक सँग जबरजस्ती गरिएको ,शरीरमा घाउचोट लागेको भने देखिएको छैन ।

मृतक सामान्य परिस्थितिमा टुक्रुक्क बसेकी छिन भने लगाएको कपडा,घडी लगायतका समानहरू भने जस्ताको तस्तै रहेको रिपोर्टमा जनाइएको छ । “घटना सामान्य परिस्थितिमा गरिएको आत्महत्या जस्तै देखिएको छ तैपनि हामीहरू पोस्टमार्टम रिपोर्ट को प्रतीक्षामा छौ रिपोर्टमा हत्या सम्बन्धी कुनै कारणहरू देखिए थप अनुसन्धान गर्छौ र दोषी जो कोहिपनि भए कार्वाही गर्छौ” पालम बिहान प्रहरी चौकीका इन्चार्जले भने। कामको खोजीमा भारतका नगरहरूमा पुग्ने नेपाली युवायुवती हरूमा पछिल्लो पटक आत्महत्या गर्ने प्रवृत्ति बढ्दो छ र अहिले सम्म चार जना गुल्मेलीहरूले नयाँदिल्लीमा आत्महत्या गरिसकेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com