यतीको जहाज स्यालसँग ठोक्कियो


प्रकाशित मिति : आश्विन २३, २०७५ मंगलबार

जहाजमा चरा ठोक्किएको समाचार त आइरहन्छ। तर, आइतबार बेलुका नेपालगन्ज विमानस्थलमा नयाँ घटना भयो। जहाज स्यालसँग ठोक्कियो।

यती एयरलाइन्सको एटीआर-७२ जहाज आइतबार बेलुका नेपालगन्ज विमानस्थलमा अवतरणको क्रममा थियो। यही क्रममा स्यालसँग ठोक्कियो।

केहीबेरपछि विमानस्थलको रन–वेमा स्यालको रगत र मासुका टुक्रा देखियो। तत्कालै रन–वेमा दमकल लगाएर सफा गरेको विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुर बताउँछन्। विमानस्थल टावरलाई जहाजमा स्याल ठोकिएको थाहा थिएन। तर, पाइलटले स्याल ठोक्किएको खबर गरेपछि मात्रै विमानस्थल कार्यालयलाई थाहा भएको उनको भनाइ छ।

जहाजमा स्याल ठोक्किए पनि कुनै मानवीय क्षति भएन। जहाजमा पनि कुनै ठूलो क्षति नपुगेको ठाकुरले बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एयरलाइन्सको प्राविधिक टिमले जहाजमा कुनै क्षति नपुगेको निष्कर्षपछि जहाज राति नै काठमाडौं उडेको ठाकुर बताउँछन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com