नेपालद्वारा थाइल्याण्ड १४० रनले पराजित


प्रकाशित मिति : आश्विन २१, २०७५ आईतबार

टी–ट्वान्टी विश्वकपको एसिया छनोट बी अन्तरगत नेपालले तेस्रो खेलमा पनि थाइल्याण्डमाथि जित हासिल गर्न सफल भएको छ।

मलेशियाको वायुमास ओभल मैदानमा भएको खेलमा नेपालले थाइल्याण्डलाई डिएल मेथडका आधारमा १४० रनले पराजित गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले थाइल्याण्डलाई ७ विकेटको क्षतिमा १७३ रनको लक्ष्य दिएको थियो।

नेपालले दिएको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको थाइल्याण्डले १० ओभरमा ९ विकेट गुमाएर १८ रन बनाउँदा पानी परेको थियो।

खेलमा सन्दिप लामिछाने एक्लैले ३ ओभरमा ८ रन दिएर ५ विकेट लिए। यस्तै ललितनारायण राजवंशीले एक र करण केसीले ३ विकेट लिए।
नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर सो स्कोर बनाएको हो। नेपालका लागि आठौं नम्बरमा ब्याटिंग गरेका करण केसीले विस्फोटक ब्याटिंग गरे।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले नटआउट १४ बलमा ४० रनको विस्फोटक ब्याटिंग गरे। उनले ४ छक्का र २ चौका प्रहार गरेका थिए। नेपालका लागि विनोद भण्डारी र अनिल शाहले इनिंग शुरुआत गरेका थिए । नेपालको शुरुवात विस्फोटक भए पनि निरन्तर विकेट गुमाएपछि नेपाल दबाबमा परेको थियो। तर, अन्तिम ओभरमा करणले २४ रन जोडेपछि नेपालले सुरक्षित हुन सक्ने स्कोर बनाएको हो।

यस्तै नेपालका लागि शरसद भेसवाकरले ३४, दिपेन्द्र सिंह ऐरीले ३०,  अनिल शाहले २५ र विनोद भण्डारीले १५ रनको योगदान दिए। यस्तै कप्तान पारस खड्काले ५, आरिफ शेखले ८ र ज्ञानेन्द्र मल्लले ७ रन बनाए भने सोमपाल कामीले नटआउट ४ रनको योगदान दिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com