आन्तरिक हवाई भाडा ६ वर्षयताकै सस्तो


प्रकाशित मिति : मंसिर २२, २०७३ बुधबार

आन्तरिक उडानतर्फको हवाई भाडा पछिल्लो ६ वर्षयताकै सस्तो भएको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि वायुसेवा कम्पनीहरूले गन्तव्यअनुसार ९० देखि ३ सय १० रुपैयाँसम्म भाडा घटाएका छन्। पछिल्लो दुई महिनायता वायुसेवा सञ्चालक संघ र नागरिक उड्डयन प्राधिकरणको संयुक्त कार्यदलले मंगलबार दोस्रोपटक भाडा समायोजन गरेको हो । यो समायोजनसँगै हवाई भाडा पछिल्लो ६ वर्षयताकै कम भएको वायुसेवा सञ्चालक संघ नेपाल (आयोन)का प्रवक्ता घनश्याम आचार्यले जानकारी दिए ।

इन्धनको मूल्य घटेपछि वायुसेवाहरूले यात्रुसँग लिने फ्युल सरचार्ज घटाउने गरेका छन् । नेपाल आयल निगमले सोमबार कायम गरेको नयाँ मूल्यअनुसार हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ८६ रुपैयाँमा झरेको छ । यसअघि ३ पुस ०६७ मा हवाई इन्धनको मूल्य प्रतिलिटर ८० रुपैयाँ रहेको थियो । सोही वर्ष २८ फागुनमा ९० रुपैयाँ प्रतिलिटर पुगेको हवाई इन्धनको मूल्य त्यसपछि भने निरन्तर वृद्धि भइरहेको थियो । हवाई इन्धनको मूल्यमा न्यूनतम ४ रुपैयाँसम्म थपघट भए सोही आधारमा सरचार्ज समायोजन गर्ने प्रचलन रहेको सिम्रिक एअरका बजार प्रबन्धक प्रज्ज्वल थापाले बताए । ‘त्यस आधारमा यो भाडा ६ वर्षयताकै सस्तो हो,’ उनले भने । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघ नेपाल (आयोन)को मंगलबार बसेको संयुक्त बैठकले बुधबारदेखि लागू हुने गरी फ्युल सरचार्ज घटाउने निर्णय गरेको नयाँ पत्रिकामा खबर छ ।

निगमले सोमबार आन्तरिक उडानका विमानले भर्ने इन्धनको मूल्यमा प्रतिलिटर ८ रूपैयाँ र अन्तर्राष्ट्रिय उडानका जहाजले भर्ने इन्धनको मूल्यमा प्रतिकिलोलिटर ८१ डलर कटौती गरेको थियो । पछिल्लो मूल्यअनुसार आन्तरिकतर्फ प्रतिलिटर ८६ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर सात सय ५० डलर कायम भएको आयल निगमले जानकारी दिएको छ ।

कसरी तोकिन्छ भाडा ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हवाई भाडा दुईवटा भाडा (निर्धारित भाडा र फ्युल सरचार्ज)को योगबाट तयार हुन्छ । सरकारले ०६७ मा वायुसेवा कम्पनीले लिन पाउने अधिकतम भाडा निर्धारण गरेको छ । हरेकपटक इन्धनको मूल्यमा थपघट हुँदा सरकारले तोकेको अधिकतम भाडा यतावत् रहन्छ भने फ्युल सरचार्ज मात्र थपघट हुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com