न्यूयोर्कस्थित एल्महस्ट हस्पिटल कम्यूनीटि बोर्ड सल्लाहकारमा नेपाली मुलका बास्तोला नियुक्त


प्रकाशित मिति : आश्विन २१, २०७५ आईतबार

न्यूयोर्क निवासी यादव बास्तोला एल्महस्ट हस्पिटलको कम्यूनीटि बोर्ड सल्लाहकारमा नियुक्त भएका छन् । बिगत पाँच बर्षदेखी अमेरिकामा बस्दै आएका बास्तोला न्यूयोर्क कुईन्सस्थित एल्महस्ट हस्पिटलको कम्यूनीटि एण्डभाइजरी बोर्ड सदस्य नियुक्त भएका हुन ।

बास्तोलालाई स्वास्थ्य सम्वन्धी सरकारी निकाय न्यूर्योक हेल्थ एण्ड हस्पिटलले चार बर्षे कार्यवधिका लागि नियुक्त गरेको हो । नेपालको सुर्खेत बिद्यापुरमा जन्मेका बास्तोला बिगतका पाँच बर्ष देखी अमेरिकी मुलधारको राजनीति र सामाजिक सेवामा समेत सकृय छन् ।

नेपालमा राष्ट् संघिय निकायमा १० बर्ष बिभिन्न पदमा रहि मानव अधिकार र शान्ति सुरक्षाको निकायमा काम गरेको अनुभव संगालेका बास्तोलाले स्विजरल्याण्डबाट अन्तराष्ट्यि सम्वन्ध बिषयमा स्नातकोत्तर गरेका छन् । अंग्रजी भाषामा पोख्त बास्तोलाले अमेरिकामा नेपाली भाषा बिज्ञका रुपमा व्यवसायीक रुपमा काम गर्दै आएका छन् ।

बास्तोला अमेरिकामा नेपाली समुदायलाई मुलधारको राजनीतिमा ल्याउनका लागि पहल गर्ने मध्येका एक अभियान्तामा पर्दछन् । हस्पिटलको बोर्ड सल्लाहकारमा नियुक्त भएपछि संक्षिप्त प्रतिकृया दिँदै बास्तोलाले भने, अब हामी अमेरिकाको हरेक क्षेत्रमा सक्रिय भएर लाग्नुपर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाली समुदायको प्रतिनिधित्व गर्दै आफु हस्पिटलको बोर्ड सदस्य नियुक्त भएको र नेपाली समुदायको हितका लागि आफुले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले भने अहिले एल्महस्ट हस्पिटलमा नेपाली भाषाको सुचना पाटी समेत राखिएको छ, अब मेरो कार्यकालमा नेपाली तथा एशियन कम्यूनीटिका लागि सहयोग पुग्ने सबै खाले सेवा सुविधा थप गर्न म पहल गर्छु ।

अमेरिकामा सरकारी अस्पतालहरुमा अस्पतालको व्यवस्थापन र सेवा सुविधा सबै कम्यूनीटि बोर्डको प्रत्यक्ष निगरानीमा सञ्चालन हुने व्यवस्था छ । साथै बार्षिक बजेटको कार्यन्वयन समेत यही बोर्डले गर्ने गर्दछ । यस अर्थमा समेत उनको नियुक्त नेपाली समुदायका लागि पनि एक सुखद खबर हो ।

हामी प्रवासमा छौं, अब राजनीति गर्ने इच्छा भएकाहरु यहाँको मुलधारको राजनीतिमा लाग्नुपर्छ, यहाँका सरकारी निकायहरुसंग हामीले सहकार्य गरेर काम गर्नुपर्दछ तब मात्रै हाम्रो समुदायलाई फाइदा पुग्दछ, बास्तोला भन्छन्, आउनु होस हामी मिलेर काम गरौं ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com