शहरी विकासका इन्जिनियर : खातामा ६४ करोड, श्रीमान र श्रीमतीको ‘गेमप्लान’


प्रकाशित मिति : आश्विन १९, २०७५ शुक्रबार

एउटा सरकारी कर्मचारीको बैंक खातामा कति रकम जम्मा होला? सहज अनुमान गर्दा एक÷दुई वा दश लाख। अझै कतिपय कर्मचारीको भने बैंकमा खाता हुन्छ, त्यो पनि ऋणको। तर, सामान्य आँकलनभन्दा ठिक उल्टो हुने गरी एक शहरी विकास कार्यालयका सिनियर इन्जिनियरको खातामा अवैधानिक स्रोतबाट आर्जन भएको लाख हैन झन्डै झन्डै ६४ करोड रुपैयाँ फेला परेको छ।

केही समयअघि यस्तै प्रकृतिको एक घटनामा दुई वटा नगरपालिकामा लेखा अधिकृत भएका एक अधिकृतले दुई वर्षमा ७ करोड रुपैयाँ भ्रष्टाचार गरेको पाइएको थियो। लेखा अधिकृत रविन्द्रचन्द्र ढकालले दुई नगरका पैसा आफ्नो खातामा जम्मा गर्दै दुई आर्थिक वर्षकाबीचमा ७ करोड रुपैयाँ भ्रष्टाचार गरेको खुलेको थियो।
तर, उनलाई धेरै पछि पार्दै शहरी विकास कार्यालय, रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुरको खातामा उक्त रकम भेटिएको हो।

विभिन्न जिल्लामा विभागीय प्रमुख भएका ठाकुरले उक्त रकम अवैधानिक रुपमा आर्जन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा देखिएको छ।

अख्तियार स्रोतका अनुसार ठाकुरले भवन निर्माणको स्वीकृति दिँदा देखि कार्यालयमा हुने काममासमेत अनधिकृत रुपमा रकम लिएर अकुत सम्पत्ति आर्जन गरेको देखिएको हो। ठाकुरले यसरी अकुत सम्पत्ति आर्जन गरेको रहस्य अख्तियारको एक ‘स्टिङ अप्रेसपन’पछि खुलेको हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अख्तियारको टोलीले विशेष सुराकीको आधारमा साउन १२ गते ठाकुरकी श्रीमतीलाई पक्राउ गरेको थियो। उनीमाथि थप अनुसन्धान हुँदा ठाकुरले ठूलो रकम अवैधानिक रुपमा आर्जन गरेको खुलेको हो। अख्तियारले एक व्यापारीसँग ५० लाख रुपैयाँको ‘डिल’ गरी घुस लिँदै गरेको सूचनाको आधारमा छापा मार्दा ठाकुरकी श्रीमतीलाई ३६ लाख ५० हजार रुपैयाँसहित रंगेहात पक्राउ गरिएको थियो।

नगद १२ लाख ५० हजार र २४ लाख रुपैयाको बैंक भौचर लिएर ठाकुरकी श्रीमती विरगन्जस्थित घरतर्फ जाँदै गर्दा हेटौंडाको मनहरी नजिकबाट अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो। ठाकुरकी श्रीमती भाडाको गाडीबाट विरगन्ज जाँदै गर्दा उनीसँगबाट नगदसँगै बैंक भौचर बरामद भएको र सोही प्रमाणको आधारमा सुरेश ठाकुरलाई पक्राउ गरिएको थियो।

भवन तथा शहरी विकास कार्यालय रुपन्देहीका प्रमुख ठाकुरलाई भैरहवा बर्मेलीटोलबाट सोही दिन मध्यान्न पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका कार्यालय प्रमुख दिनेश आर्चायले बताए।
विरगन्जमा इन्जिनियर पदमा कार्यरत ठाकुर २०७२ को भुकम्पपछी पदोन्नति भई रुपन्देही आएका थिए। पदोन्नति भएसँगै उनले भवन तथा शहरी विकास कार्यालयको प्रमुख इन्जीनियरका रुपमा रुपन्देहीका व्यापारी र ठेकेदारसँग रकम उठाउन थालेका हुन्।

भैरहवामा रहेको कार्यालयले रुपन्देही, कपिलवस्तु र अर्घाखाँचीमा भौतिक निर्माणको काम गर्ने गर्दछ। विशेषतः स्वास्थ्य, पुनर्निर्माण, नगरविकास लगायतका भौतिक पुर्वाधारका क्षेत्रमा काम गर्ने कार्यालय भएका कारण विभिन्न निर्माण व्यवसायीहरुसँगबाट ठाकुरले रकम संकलन गरेको अख्तियार स्रोतले जनाएको छ।

श्रीमान ‘डिल’ गर्ने श्रीमती उठाउने
ठाकुरले ठेकेदारसँग कम्तिमा ५० लाख रुपैयाँको डिल गर्ने र त्यसको असुलीका लागि श्रीमतीको प्रयोग गर्ने गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ।

अख्तियारको बयानका क्रममा पनि उनले उक्त कुरा स्वीकार गरेका छन्। भवन निर्माणको ठेक्का दिएवापत ठेकेदारसँग आफूले पाउने रकम ‘डिल’ गर्ने र त्यसको भुक्तानीका लागि श्रीमतीको बैंक खाता प्रयोग गर्ने गरेको अख्तियारसँगको बयानमा उनले बताएका छन्।

पक्राउ परेकै दिनमा पनि ठाकुरकी श्रीमती घुस लिएको रकम लिन पुगेकी थिइन्। नगद रकम बैंकमा जम्मा गरेर फर्किंदै गर्दा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको थियो।

दुवैलाई अकुत सम्पत्ति र भ्रष्टाचार मुद्दा
अख्तियारले श्रीमान्–श्रीमती दुवैलाई ‘भ्रष्टाचार निवारण ऐन, २०५९’ अनुसार घुस लिई भ्रष्टाचार गरेको अभियोग लगाएको छ। उनीहरुविरुद्ध भ्रष्टाचार र पदीय मर्यादा विपरित काम गरेको भन्दै अकुत सम्पत्ति आर्जनको मुद्दा दायर गर्ने अख्तियारको तयारी छ।

दुई महिनाअघि पक्राउ परेका उनीहरु दुवैलाई ६४ करोड रुपैयाँ विगो कायम गर्दै ५ वर्षदेखि अधिकतम कैद सजाय माग गर्दै मुद्दा दायर गर्ने तयारी गरिएको छ। ठाकुरले कार्यालय प्रमुखको रुपमा गर्नुपर्ने दायित्वसमेत पालना नगरेकोले थप सजायको पनि माग गरिनसक्ने आयोगले जनाएको छ।

उनीहरु विरुद्धको अनुसन्धान अन्तिम चरणमा रहेकाले केही दिनमा मुद्दा दायर हुने अवस्थामा रहेको अख्तियारका प्रमुख आयुक्त नविन घिमिरेले बताए।

‘स्टिङ अप्रेसन’मार्फत खुलेको सबैभन्दा ठूलो भ्रष्टाचार
अख्तियारले ‘स्टिङ अप्रेसन’मार्फत घुस खाने कर्मचारी पक्राउ गर्ने कार्य सुरु भएपछिकै सबैभन्दा ठूलो विगोको रुपमा ठाकुर देखा परेको प्रमुख आयुक्त घिमिरेले दाबी गरे। ‘हामीले लाखसम्मको विगोका रुपमा धेरै संख्यामा त्यसमाथि दैनिक रुपमा समाउँदै आएका छौं। तर, ठाकुर करोडभन्दा माथिको भ्रष्टाचारमा समातिएका छन्।’, घिभिरेले भने।

सुरुमा अख्तियारले पक्राउ गर्दा फेला पारेको रकमको आधारमा मात्र उनीमाथि मुद्दा अघि बढाउन अनुसन्धान गर्दा ठाकुरले अकुत सम्पत्ति आर्जन गरेको रहस्य खुलेको घिमिरेको भनाइ छ।

विगत दुई महिनादेखि श्रीमान–श्रीमती दुवै जना अख्तियारको हिरासतमा छन्। अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेर धरौटीमा रिहा गर्ने आदेश नभएसम्म उनीहरु थुनामा बस्नुपर्ने हुन्छ।
अख्तियारले अनुसन्धानका लागि भन्दै उनीहरुको सबै सम्पत्तिसमेत रोक्का गरेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com