सानै उमेरमा घरपरिवार धानिरहेकी शोभा बहिनी श्रेयाको हत्या पछी तनाबमा


प्रकाशित मिति : आश्विन १९, २०७५ शुक्रबार

कोदिमा बलात्कार पछि हत्या गरिएकी श्रेया सुनार (बिक) की दिदी शोभा बिकले घरपरिवार धान्न थालेको २ वर्ष भयो ।

करिब दुई बर्ष अघि उनका बाबुले अर्को बिबाह गरी घर छाडेसंगै आमा बिरामीले थला परिन । यस्तो अवस्थामा शोभाले आफ्नो उज्जल भविश्यकको बाटो छाडेर घर परिवार सम्हाल्ने सोच गरिन । १४ बर्षको कलिलो उमेरमा कक्षा ९ मा अध्ययनकै क्रममा आफ्नो पढाइलाई बिट मारेर आफ्नी आमा र भाइ-बहिनिको रेखदेख तथा पालनपोषण गर्ने अठोट लिएर हिडीन् उनि ।

बाबु नारायण बिकले अर्की श्रीमती ल्याएर घर छाडेर हिडेको ३/४ महिना वित्न नपाउदै आमा वेल कुमारी बिक थलिन थालेपछि घर ब्यबहार चलाउन चटपट बेच्ने काम गर्न थालिन उनले । चट्पटे वेचेरै मासिक १५ हजारको हाराहारीमा हुने कमाइले भाई बहिनीको शिक्षा दिक्षा र घर खर्च टार्दै आएकी थिईन उनले ।

आमा बिरामी पर्दा अत्याधिक रंक्तश्राव भइ उपचार गर्ने क्रममा अर्काको रगत दिए पछी आमाको शारिरमा एलर्जी सुरु भयो ।एलर्जीले गर्दा हात, खुट्टा, मुख सुनिने र राम्रोसंग हिड डुल समेत गर्न नसक्ने अबस्थामा आमा पुगेपछि उनको जिबनमा ठुलो संकट आइलाग्यो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफ्नो पढाई छाडेर भए पनि आफ्नी आमाको रेखदेख अनि भाई बहिनिको पढाईमा समय खर्चिएकी शोभालाइ यति वेला आफ्नी प्यारी बहिनीको आफ्नै गाँउले कुशुम पौडेल नाम गरेको युवाबाट बलात्कृत भई हत्या भएको घटनाले सम्हालि नसक्नु भएको छ।आर्थिक तथा पारिवारिक कारणले पढाइ छाडेर आमा अनि भाइ-बहिनीहरुको पालनपेषण गर्ने जिम्मा आफ्नो काधमा बोकेर हिडेकी उनलाई बहिनीको हत्याको घटनाले झन् ठुलो बज्रपात परेको छ ।

गायिका बन्ने लक्ष्य लिएकी उनलाई यति वेला बहिनी श्रेयाको हत्या घटनाले एकतर्फ मनोवैज्ञानिक त्रास भएको छ भने अर्को तर्फ दिर्घ रोगले थलिएकी आमाको पालनपोषण, ५ बर्षकी बहिनी सिमरङ र ११ बर्षका भाई नविनको अध्ययन सहितको पालनपोषणको जिम्मेवारी काधमा रहेको छ ।

बहिनिको हत्या पछि पुनः चट्पट व्यवसाय गर्ने कि त्यसको विकल्पमा कुनै काम गर्ने त्यसमा पनि उनी कुनै निर्णय लिन सकेकी छैनन । दैनिक घर खर्च जुट्ने बातावरण भए आफ्नो अझै पढ्ने भित्रि मनको इच्छा उनले रुदै ब्यक्त गरिन । उनले भनिन “ दैनिक हाम्रो घर खर्च चल्ने अबस्था भएमा र मेरो अध्ययनको लागि कसैले सहयोग गरेमा म पढ्न चाहन्छु ।

छोरीको जगन्य हत्याको घटनाले घरी घरी भक्कानु छाडेर रुदा रुदा उनकी आमाका आँखाबाट आशू पनि सुकी सक्यो तर जिउदो भएका श्रीमानले यस्तो अबस्थामा पर्दा पनि कुनै जिम्मेवार वहन गर्न सकेनन । घटनाको केहि दिन पछि घर पुगेका बाबु नारायण बिक पैसा ल्याउछु भन्दै घरबाट बाहिरिएपछी हालसम्म सम्पर्कमा आएका छैनन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com