बिरामी लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स समेत रातभर धादिङको जाममा फसेपछि एम्बुलेन्सभित्रै बिरामीको मृत्यु


प्रकाशित मिति : आश्विन १८, २०७५ बिहीबार

चितवनको भरतपुरबाट उपचारका लागि काठमाडौं लाने क्रममा एक बिरामीको एम्बुलेन्समै मृत्यु भएको छ।

नौबिसे–नागढुङ्गा सडकखण्ड पार गर्न घण्टौँ लागेपछि बिरामीको बुधबार बिहान १० बजे त्रिभुवन राजपथस्थित टायलघर भन्ने ठाउँमा पुगेपछि मृत्यु भएको हो।

चितवनको सौराहा निवासी अन्दाजी ५५ वर्षीया रजनी चौधरीलाई भरतपुरस्थित एक निजी अस्पतालले काठमाडौं रिफर गरेको थियो। तर नागढुङ्गा–नौबिसे सडकखण्डमा घण्टौ जाम हुँदा बिरामीको एम्बुलेन्समै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

चौधरीलाई बोकेको एम्बुलेन्स मुस्किलले पृथ्वी राजमार्ग पार गरेको भएपनि त्रिभुवन राजपथ सुरु हुने बित्तिकैको टायलघर पार गर्न नसक्दा उनको मृत्यु भएको हो। बाटोमै बिरामीको मृत्यु भएपछि जाम खुल्नासाथ एम्बुलेन्स शव लिएर चितवन फर्किएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नौबिसेदेखी नागढुङगासम्म सधैजसो हुने जाम हटाउन भन्दै काठमाडौँ जिल्लाको पिपलामोडदेखी नागढुङगासम्मको दुई किलोमिटर बाटो मर्मत थालिएसँगै जाम बढेको छ।

यो सडकखण्डमा जाम हुँदा यात्रुको बिचल्ली हुने गरेको छ। राजधानी भित्रने गाडीको लाइन नागढुङगादेखि ४५ किलोमिटरको दूरीमा रहेको सिम्ले बजारसम्म पुग्ने गरेको छ।

९ घण्टासम्म जाममा नीलकण्ठ नगरपालिका–३ की सरिता श्रेष्ठ बुधबार बिहान काठमाडौंबाट धादिङवेसीको लागि बिहान ६ बजे गाडी चढिन् । कलङ्कीदेखि जाममा परेकी श्रेष्ठ ९ घण्टा लगाएर अपरान्ह ३ बजेमात्रै धादिङवेसी आइपुगिन् । जब कि धादिङ–काठमाडौं सामान्य अवस्थामा जम्मा ३ घण्टामै पार गर्न सकिन्छ ।

सरिता झैँ दैनिक हजारौँ यात्रु घण्टौँसम्म जाममा पर्दै आएका छन् । त्रिभुवन राजपथ अन्तरगत नौबिसे–पिपलामोड–नागढुंगा सडकखण्ड अत्याधिक भार बोकेका गाडीका कारण खाल्डा पर्नुको साथै भास्सिएर कुलो जस्तो बन्दै जान थालेपछि काठमाडौंस्थित सडक डिभिजन कार्यालय मर्मत थालेको थियो ।

सडक विभागले काम सहज बनाउन सोमबार राति ८ बजेदेखि बिहान ५ बजेसम्म एक सातासम्म दुवैतर्फ सवारी साधन रोकेर मर्मत थालनी गर्दा लामो दूरीका सवारी साधन ९ देखि १४ घण्टासम्म जाममा बस्न बाध्य छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com