बलात्कारीहरुले भरिँदै जेल !


प्रकाशित मिति : आश्विन १८, २०७५ बिहीबार

काठमाडाैं । ‘बलात्कारी बुढा’हरुले जेल भरिने भयो, ७८ वर्षका ‘सब्जी बाजे’ जिल्ला कारागारमा पुग्दा त्यहाँ मजाक चल्दै थियो। असोज ११ गते जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेपछि १३ वर्षीया नातिनी बलात्कार काण्डका आरोपी सब्जीबाजे कारागार चलान भएका हुन्।

नेपालगञ्ज कारागारले जेष्ठ नागरिक अर्थात बृद्धहरुलाई छुट्टै ठाउँमा राख्ने गर्दछ। सबै थुनुवासँग होइन कि बृद्धहरुलाई राख्न छुट्टै टहरा बनाइएको छ। ७८ वर्षका सब्जीबाजे कारागारको टहरामा पुग्दा ८० काटेका काल्चे दमाई र ७५ काटेका नैने दमाई त्यही थिए। यी दुईबीचमा आफूजस्तै कपाल फूलेका साथी सब्जीबाजे थपिए।

काल्चे र नैने पनि ‘बलात्कार’ काण्डमा कारागार पुगेका हुन्। काल्चेले तीन वर्षअघि छिमेकी बालिकालाई घरमै बोलाएर जबरजस्ती गरेका थिए। आमा काम विशेषले छिमेकीको घरमा गएको बेलामा काल्चेले बालिकालाई जबरजस्ती गरेका थिए ।

साथीहरुसँग खेलिरहेकी बालिकालाई काल्चेले फकाएर आफ्नो घरमा लगेका थिए। यो घटनालाई मिलाउनका लागि काल्चेका तर्फबाट धेरै प्रयास भएको थियो । पीडित परिवारलाई ‘आर्थिक’ प्रलोभन देखाइएको थियो । बालिकाकी आमाले पैसाको प्रलोभन स्वीकार गरिनन् । अन्ततः काल्चे ६ वर्षका लागि कारागार पुगे । नैने पनि बलात्कार काण्डमा १० वर्षका लागि कारागारमा पुगेकाे खबर नेपाल समाचारपत्रमा छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यीनलाई जिल्लाले पाँच वर्ष सजाय तोकेकोमा पुनरावेदनले थप पाँच वर्ष थपिदिएको थियो । नेपालगञ्ज कारागारका निमित्त जेलर श्याम लामिछानेका अनुसार, बलात्कारी थुनुवाहरु संख्याको हिसावले नेपालगञ्ज कारागारमा तेस्रो नम्बरमा परेका छन्।

कारागारमा लागु औषध, कर्तब्य ज्यानपछि बलात्कारी थुनुवाको संख्याको अधिक रहेको छ। निमित्त जेलर लामिछानेले असोज १ गतेको तथ्यांकमा एक सय ५ जना बलात्कारी थुनुवा रहेको जानकारी दिए। उनले त्यसपछि पाँच जनाबढी थपिएको बताए। नेपालगञ्ज कारागारमा ६ सय ८५ जना बन्दी छन् । त्यसमा दुई सय पचास लागु औषधमात्रै छन्। कर्तब्य ज्यान, बलात्कारपछि मानव बेचबिखन, अपहरण र चोरीका थुनुवा धेरै छन्। अढाई सय क्षमताको कारागारमा ६ सय ८५ जना बन्दीलाई कोचेर राखिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com