अप्रेसन गरेको २४ घण्टा नपुग्दै भरतपुर अस्पतालमा सुत्केरीको मृत्यु


प्रकाशित मिति : आश्विन १७, २०७५ बुधबार

भरतपुर अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । मंगलवार विहान नवलपरासीको अरुणखोलाकी ३० बर्षिय तुलसी मगरको मृत्यु भएको हो । अप्रेसन गरेको २४ घण्टा भित्रै सुत्केरीको मृत्यु भएको उपचारमा संलग्न चिकित्सक श्रीप्रसाद अधिकारीले जानकारी दिए । उनले गर्भवती महिलामा पल्मोनरी थोन्वोएम्वोलिजमको समस्या देखिएका कारण मृत्यु भएको बताए ।

यस्तो समस्या अप्रेसन गरेका विरामी, गर्भवती ,क्यान्सर लगाएतको रोगका विरामीलाई देखिने गरेको उनले बताए । सुत्केरीलाई सोमवार बेलुका १० बजेदेखी समस्या देखिएको र तत्काल आइसियूमा भेन्टिलेटर राखेर उपचार गरिएपनि बचाउन नसकिएको उनले बताए । समस्या देखिएको पाँच घण्टापछि सुत्केरीको मृत्यु भएको उनले जानकारी दिए । वच्चा भने शकुसल रहेको डा। अधिकारीले बताए ।खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।

Taja Khabar

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com