वडाध्यक्ष नै रोजगारीका लागि कोरिया गएपछि…


प्रकाशित मिति : आश्विन १५, २०७५ सोमबार

जिल्लाको खाँदबारी नगरपालिका–५ का वडाध्यक्ष वैदेशिक रोजगारमा गएका छन् । ५ नं. वडाका अध्यक्ष बमहादुर घले वैदेशिक रोजगारमा दक्षिण कोरिया गएको एक वर्ष वितेको छ ।

वडा अध्यक्ष घलेले नगरपालिका कार्यालयमा एक निवेदन समेत दर्ता गरेको नगरपालिका कार्यालयले जनाएको छ । नगरपालिका कार्यालयमा वडा अध्यक्ष घलेले घरायसी कामका कारण घरबाहिर जानु पर्ने भएकाले आफूमा कार्यालयको काममा उपस्थित हुन नसक्ने पत्र दिएका बताइएको छ ।

उनको पत्रमा कार्यवाहकको जिम्मेवारी वडा सदस्य श्यामप्रसाद निरौलालाई दिएका छन् । कार्यवाहक निरौलाका अनुसार आपूmलाई वडा अध्यक्ष घलेले काम गर्ने जिम्मेवारी पत्र दिएकाले सो जिम्मेवारी सम्हालिरहेको बताए ।

तर वडा अध्यक्ष घले घरयासी कामका लागि नभई वैदेशिक रोजगारका सिलसिलामा दक्षिण कोरिया गएको रहस्य खुलेको हो । घले रोजगारीको सिलसिलामा विदेश गएको र कार्यवाहकको जिम्मा सदस्यलाई तीन महिनाभन्दा बढी दिन नमिल्ने भएकाले उप निर्वाचन गर्नुपर्ने केही सदस्यहरुको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को ग बमोजिम आपूmले कार्यवाहक अध्यक्ष जिम्मेवारी दिएका दावी गरे । उता वडा नं. ३ मा समेत वडा सदस्यले अध्यक्षको जिम्मेवारी पाएका छन् ।

वडा अध्यक्ष तोयनाथ ढुङ्गानाको हृदयघातका कारण केही महिना अघि मृत्यु भएको थियो । वडा अध्यक्षको मृत्यु भएकाले केही कार्यापालिका सदस्यहरुले उप निर्वाचन हुनु पर्ने माग गर्दै आएका छन् । वडा अध्यक्ष ढुंगानाको मृत्यु भएपछि महिला वडा सदस्य सुनिता कार्कीले जिम्मेवारी सम्हालिरहेकी छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com