अन्तराष्ट्यि समुदायलाई प्रधानमन्त्री ओलीले भने, आउनुस नेपालमा लगानी गर्नुस


प्रकाशित मिति : आश्विन ९, २०७५ मंगलबार

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको बिकासका लागि सहयोग गर्न अन्तराष्ट्यि समुदायलाई आग्रह गरेका छन् । बिभिन्न राजनीतिक चरण पार गर्दै बिकासको चरणमा रहेको नेपालको बिकासका लागि सहयोग गर्न आग्रह गरेका हुन् ।

मंगलबार न्यूयोर्कमा अष्ट्ेलियका प्रधानमन्त्री अध्यक्ष रहेको एशियन सोसाईटीले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले जलबिद्युत, पर्यटन, कृषि लगायत अन्य क्षेत्रमा धेरै सम्भावना रहेको भन्दै लगानी गर्न समेत आग्रह गरेका छन् ।

हामी नेपाललाई समृद्ध बनाउने अभियानमा छौं, धेरै थरीका समस्या हाम्रा बीचमा छन्, तर हामी समृद्ध नेपाल सुखी नेपालीको अभियानमा छौं, बिभिन्न देशका बिदेशीहरु सहभागि रहेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, तपाईहरुले केही बर्ष पहिले घुमेको र देखेको नेपाल भन्दा अहिलेको नेपाल धेरै फरक छ, २०३० सम्म नेपाललाई समृद्ध देशका रुपमा उभ्याउने बाचा समेत गरेका छन् ।

उनले नेपालीहरुको प्रतिव्यक्ति आय अबको केही बर्षमा बृद्धि हुने र २०३० सम्म नेपाल समृद्ध बन्नेमा आशा व्यक्त गरेका छन् । एक बिदेशी नागरिकको प्रश्नको र ठट्यौली पारामा उत्तर दिँदै भने भुकम्पका बेला देखेको नेपाल र अहिलेको नेपाल एकै नरहेको र सोही अनुसार धारणा नबनाउन समेत आग्रह गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भारतले नाकावन्दी गरेका बेला नेपालले सहनु परेको पिडालाई समेत उल्लेख गर्दै आफुले समेत कष्ठ सहनुपरेको सुनाए । भुकम्पपछिको पुर्ननिमार्णका लागि अमेरिका लगायतका देशहरुबाट सहयोग प्राप्त भएकोमा धन्यवाद दिएका छन् । अहिले नेपालमा राजनीतिक स्थायित्वको सरकार रहेको जनाउँदै प्रधानमन्त्री ओलीले पर्यटन, शिक्षा, स्वास्थ्य, जलबिद्युत, कृषिमा आधुनिकिकरण गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले विवादस्पद जस्ता देखिने कानुनको सुधार आवश्यक रहेको आफुले महशुस गरेको बताए ।

केही बर्षमै देशलाई कायापलट गर्ने सोच बनाउनु भएको रहेछ भन्ने सहभागिको प्रश्नमा प्रधानमन्त्री ओलीले भने हाम्रो ठुलो आधारको पर्यटन र जलबिद्युत हो, जसबाट हामी समृद्ध बन्न सक्छौं, धेरै नेपालीहरु कृषिमा निर्भर छन्, कृषिमा आधुनिकिकरण गर्नुपर्ने हुन्छ, यसो हुन सकेमा नेपालको बिकास धेरै छिटो सम्भव छ ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्संघको महासभाको ७३ औं अधिवेशनमा सहभागि हुन नेपाली प्रतिनिधि मण्डल सहित यतीखेर अमेरिकाको न्यूयोर्क राज्यमा छन् । उनले आगामी शुक्रबार नेपाली समुदायसंग पनि छलफल गर्दैछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com