म्यानपावरको धरौटी बृद्धिः ठूला कम्पनीलाई ६, सानालाई तीन करोड


प्रकाशित मिति : आश्विन ९, २०७५ मंगलबार

म्यानपावर कम्पनीले राख्नुपर्ने धरौटी ६ करोड रुपैयाँ पुर्याउने तयारी गर्दा चर्को विरोध खेपेको सरकारले कामदार पठाएको तथ्यांकअनुसार धरौटीको सीमा तोक्ने तयारी गरेको छ।

सबै म्यानपावरले ६ करोडको एकैखाले धरौटी राख्नुपर्ने व्यवस्थालाई संशोधन गर्दै सरकारले धरौटी रकमको सीमा दुईथरी राख्ने तयारी गरेको हो। विदेशमा धेरै कामदार पठाउने म्यानपावरको धरौटी धेरै र थोरै कामदार पठाएनेको कम गर्ने व्यवस्था मिलाउन सरकार लागेको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतका अनुसार नयाँ व्यवस्थामा वार्षिक पाँच हजार कामदार विदेश पठाउने म्यानपावर कम्पनीलाई ६ करोड रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था गर्न लागिएको छ। यस्ता कम्पनीले दुई करोड रुपैयाँ नगदै र बाँकी चार करोड बराबरको बैंक ग्यारेन्टी वा सम्पत्ति राख्नुपर्नेछ।

वार्षिक पाँच हजारभन्दा कम कामदार पठाउने कम्पनीलाई नगद एक करोड र दुई करोड रुपैयाँ बराबरको बैंक ग्यारेन्टी वा सम्पत्ति राख्नुपर्ने व्यवस्था गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो हिसाबले एकखाले म्यानपावर कम्पनीलाई ६ करोड र अर्को किसिमको लाई तीन करोड धरौटी व्यवस्था गर्न लागिएको हो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com