काठमाडौंमा लोकप्रिय बन्दै मोटरसाइकल ट्याक्सी


प्रकाशित मिति : आश्विन ६, २०७५ शनिबार

तीन वर्षअघि भारतीय नाकाबन्दीका बेला मोटरबाइक बा गाडीमा अरुलाई ओसार्ने ‘लिफ्ट कल्चर’ निकै लोकप्रिय थियो । सोही लिफ्ट कल्चरलाई व्यवसायिक रुप दिँदै टुटल एप्स बनाएपछि युवापुस्तादेखि बृद्धमाझ यो निकै लोकप्रिय भइरहेको छ ।

यसलाई सजिलो भाषामा मोटरसाइकल ट्याक्सी पनि भन्ने चलन छ । यो एप्सको प्रयोग गरेर सर्वसाधारणले सडकमा गुडिरहेको मोटरसाइकलमा भाडा तिरेर यात्रा गर्न सक्नेछन् । दूरसञ्चार तथा बैङ्कमा लामो समय काम गरेका इन्जिनियर शिक्षित भट्टलाई केही फरक खालको काम गरौं भन्ने लागेपछि टुटल एप्सको निर्माण गरे।

उनले भने, ‘मोटरसाइकलमा हुने खाली सिट उपयोग गरेर सेवा दिन सकिन्छ, जस्तो लाग्यो । हामीलाई नाकाबन्दीको मारमा पनि धेरैले लिफ्ट दिएकाले यो सफल हुन्छ भन्ने विचार आयो । त्यही भएर यो एप्स निर्माण गर्यौं ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनका अनुसार जनवरी २०१७ बाट टुटल एप्सको सुरु भयो । सस्तो र छिटो हुने भएपछि हिजोआज टुटलको प्रयोग गरेर दैनिक दुई हजार यात्रुले सेवा लिइरहेका छन् ।

टुटलका नियमित प्रयोगकर्ता अनिता राई भन्छिन्, “हामी जस्तो हिड्नुपर्ने मान्छेका लागि टुटल एकदमै राम्रो छ । सार्वजनिक गाडीमा जान समस्या र समयमा पनि नपुग्ने फेरि ट्याक्सी प्रयोग गर्न महँगो र जामको समस्या हुन्छ, उनी थप्छिन्, ‘टुटलको सेवा छिटो र सस्तो छ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com