बिदेसी भुमीमा नेपालीले गरे नेपाली कै हत्या !


प्रकाशित मिति : भाद्र २६, २०७५ मंगलबार

चेक रिपब्लिकमा नेपालीहरुबीच आपसी झगडा हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् भने २ जनालार्इ प्रहरीले नियन्त्रणमा लिएको छ ।जर्मनीस्थित नेपाली दूताबासले भने एक नेपालीको मृत्युको पुष्टि गरेपनि मृत्युको कारण र घटना बिबरण भने खुलाएको छैन ।जर्मनी स्थित नेपाली दूताबासका राजदूत रमेशप्रसाद खनालले भने, ‘मृतकले काम गरिहेको सम्बन्धित कम्पनीलाई हामीले सम्पर्क गरिसक्यौं । शवलाई जतिसक्दो छिटो पठाउने प्रयास हुन्छ । तर घटनाको पूर्ण विवरण आइसकेको छैन ।’मृतक धादिङ स्थायी घर भएका २३ बर्षीय युवक भएको र उनी कोर्कोडिले सिआर स्पोल कम्पनीमा काम गर्न ३ महिना अघिमात्र चेक रिपब्लिक आएका खुलेको छ । तर, प्रहरी अनुसन्धान जारी भएकाले नाम गोप्य राखिएको छ ।

चेक रिपब्लिकको अनलाइन मिडिया नोभिन्की सीजेटले भने शुक्रबार राति ९ बजेपछि चारजना विदेशी कामदारहरुबीच आपसी झगडा भएको र त्यसक्रममा छुरी प्रहारबाट एकजनाको घटनास्थलमा नै मृत्यु भएको जनाएको छ ।उसले लेखेको छ, ‘घाइते एकजनाको अस्पतालमा उपचार भइरहेको छ, उनी खतरा मुक्त छन् । फरार दुईजनालाई प्रहरीले दुई घण्टाको हेलिकोप्टर अपरेशनमार्फत प्रकाउ गरेको हो ।मृतकका परिवारले शव नेपाल झिकाउन परराष्ट्रमा निवेदन दिएका छन् । दूताबासस्थित उपनियोग प्रमूख बिशाल भट्टराईले अनलाइनखबरलाई भने, ‘परिवारको पत्र आएको छ, यहाँबाट चेक रिपब्लिकको परराष्ट्रलाई पत्राचार गरिसकेका छौं । जतिसक्दो छिटो प्रक्रिया पुरा गर्नेछौं । पुलिस रिपोर्ट प्राप्त गरेपछि मात्र दूतावासले आधिकारिक रुपमा घटना बिबरण बताउन सक्छ ।’

झगडा अघि मदिरा सेवन

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद चेक रिपब्लिकका पूर्वअध्यक्ष छत्र अधिकारी आइतबार घटनास्थलमा नै पुगे । सोहि कम्पनीमा कार्यरत अन्य नेपालीहरुसँग कुराकानी गरेपछि उनीहरुकै भनाइलाई उदृत गर्दै अधिकारीले भने, ‘झगडा गर्नु अघि मदिरा पिएका थिए, आपसमा भनाभन हुँदै गयो । त्यसपछि बोतल हुँदै छुरीसम्म प्रहार भयो । मृतकले झगडालाई शान्त पार्न कोशिस गरेका थिए तर, उनलाई नै छुरी लागेछ ।’उनीहरु चेकरिपब्लिकस्थित सानो गाउँ जिजेलिछेमा रहेको कम्पनीमा काम गर्थे । कम्पनीले कामदारहरुका लागि एक होस्टल उपलब्ध गराएको थियो, जुन कम्पनीबाट २० मिनेटको पैदलदुरीमा छ ।घटनाका दोषीलाई ८ देखि १६ बर्षसम्म जेल सजाय हुन सक्ने कानुनी प्राबधान रहेको समेत नोभिन्की सीजेट अनलाइन मिडियाले जनाएको छ

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com