सिंहदरबार अगाडि नाङ्गै विरोधमा उत्रिँदा पक्राउ परेका लिम्बुले फेरि निकाले नाङ्गो जुलुश


प्रकाशित मिति : भाद्र २२, २०७५ शुक्रबार

झापामा अर्धनग्न जुलुश निकालेका भद्रपुर नगरपालिका ३ का बिकेन लिम्बूसहित दुई दर्जन बढी युवा पक्राउ परेका छन् । सिंहदरबार अगाडि नाङ्गै विरोध प्रदर्शनमा उत्रिँदा पक्राउ परेर छुटेका लिम्बुले फेरि भद्रपुरमा नाङ्गै जुलुश निकालेका हुन् । शुक्रबार बिहान भद्रपुरमा अर्धनग्न विरोध प्रदर्शन गरेका उनीहरुलाई प्रहरीले रोकेको थियो । भद्रपुर नगरपालिका कार्यालयले करको बजेटबाट तीज कार्यक्रम गर्न लागेको भन्दै उनीहरुले अर्धनग्न विरोध प्रर्दशन गरेका हुन्। लिम्बू नेतृत्व चेतनशील युवा समूहका युवाहरुले भद्रपुर बसपार्कबाट अर्थनग्न विरोध र्याली निकाल्दै भद्रपुर बजार परिक्रममा गर्दै भद्रपुर नगरपालिकाअगाडि पुगेर विरोध प्रदर्शशन गरेका थिए। उनीहरुलाई भद्रपुर नगरपालिका अगाडि पुग्नुअघि नै बाटोमै प्रहरीले रोकेको थियो ।

प्रहरीले रोकेपछि युवाहरुले भद्रपुर नगरपालिका र प्रहरीविरुद्ध चर्को नारावाजी गरेका थिए। नगरपालिका अगाडि युवाहरुले अर्धनग्न प्रर्दशन गरेपछि प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठसँगको सहकार्यमा युवाहरुसँग छलफलका लागि सहजिकरण मिलाए ।

त्यसपछि नगरपालिकामा भित्र लुगा लगाएर लिम्बूसहित युवाहरुले नगर प्रमुख श्रेष्ठसमक्ष गुनासाहरु पोखेका थिए। नगर प्रमुख श्रेष्ठले नगरपालिकाले आयोजना गरेको तीज कार्यक्रममा दर मात्रै नभई, त्यस कार्यक्रममा महिलामाथि हुने यौनजन्य हिंसा, बालमैत्री स्थानीय शासन तथा खुल्ला दिशामुक्त अभियानका नाटक, प्रत्येक वडाका ज्येष्ठ आमालाई अभिनन्दन लगायतका कार्यक्रम गर्न लागेको बताए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com