नेपाली ढाका टोपीमा अमेरिकन नेता ढलक्क


प्रकाशित मिति : भाद्र १०, २०७५ आईतबार

शनिवार न्यूयोर्ककमा एउटा सार्वजनिक कार्यक्रममा अमेरिकन नेता मञ्चमा नेपाली ढाका टोपी लगाएर बसेका थिए । चिटिक्क परेर मञ्चमा बसेका गोरे नेता देख्दा कार्यक्रममा उपस्थित सबै नेपाली दंग ।

यसरी कार्यक्रममा उपस्थित करिव एक सय जनालाई दंग पार्ने नेता थिए, न्यूयोर्क सिटीका काउन्सिल म्यान कोष्टा । उसो त कोष्टा नेपाली समुदायलाई माया गर्ने अमेरिकन नेतामा पर्छन् । क्विइन्स काउन्टीको भावी अध्यक्षका उम्मेदवारका रुपमा आफुलाई उभ्याएका नेता कोष्टाले आफुलाई सहयोग गर्न र आगामी दिनमा नेपाली समुदायसंग सहयकार्य गरी काम गर्ने प्रतिवद्धता जनाउनका लागि कार्यक्रमको आयोजना गरिएको थियो ।

भाषणको शुरुवातमै आई लभ नेपाली कम्यूनिटी भनेर आफ्नो सम्बोधन शुरु गरेका नेता कोष्टाले आफु आगामी अध्यक्षको उम्मेदवार भएको बताउँदै आफुलाई सहयोग गर्न नेपाली समुदायसंग आग्रह गरेका छन् ।उनले आफुले अहिले सम्म नेपाली समुदायको हितका लागि काम गरेको र आगामी दिनमा समेत काम गर्ने प्रतिवद्धता सहित आफुलाई जिताउनका लागि सबै प्रकारका सहयोगको अपेक्षा गरे ।

ज्याक्शन हाइट नजिकको हस्पिटल एल्महस्ट हस्पिटलमा नेपाली भाषाको सुचना पार्टी र डिपार्टमेन्ट अफ मोटर भेहिकल अर्थात डिएमभिमा सवारी चालक अनुमति पत्र आवेदन नेपाली भाषामा दिन पाउने व्यवस्थाका लागि पहल गरेका नेता हुन काउन्सिल म्यान कोष्टा । यसैले पनि उनि नेपाली समुदायमा निकै परिचित छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाली समुदायलाई माया गर्ने डेमोक्र्याटिक नेता, काउन्सिल म्यान कोष्टालाई अब हामीले सहयोग गर्नुपर्ने बेला आएको छ, कार्यक्रममा उपस्थित नेपाली समुदायका अगुवा श्री पराजुलीले भने, नेपाली समुदायको हितमा जसले काम गर्छ उसलाई सहयोग गर्नु हाम्रो दायित्व पनि हो । शुभकामनाका लागि पुगेका नेपाली समुदायका नेता तथा समाजसेवी बेद खरेलले कोष्टाले नेपाली समुदायका लागि केही उल्लेख्य काम समेत गरेका कारण र नेपाली समुदायलाई अमेरिकन मुलधारको राजनीति गर्न एउटा सहयोगी पात्र समेत आवश्यक हुनेहुँदा उनलाई काउन्टीको अध्यक्षमा निर्वाचित गर्नका लागि नेपाली समुदायले सहयोग गर्नुपर्ने उल्लेख गरेका छन् ।

लाखौंको संख्यामा रहेको नेपाली समुदाय अहिले अमेरिकन मुलधारको राजनीतिमा सक्रिय हुनु आफैमा आवश्यक पनि छ, काउन्सिल म्यान कोष्टाका लागि कार्यक्रम संयोजन गर्ने कम्यूनिटी लिडर लुईसाङ वाइबाले भने, हामी अब यहाँको अमेरिकन राजनीतिज्ञसंग सहकार्य गरी मुलधारको राजनीतिमा प्रवेश गर्नुपर्छ ।

काउन्सिल म्यान कोष्टाको सहयोगार्थ आयोजना गरिएको कार्यक्रममा एनआरएन अमेरिका महासचिव बिआर लामा, न्यूयोर्क च्याप्टर अध्यक्ष रामहरी अधिकारी, रिजउड नेपाली समाजका अध्यक्ष रविकिरण कोइराला, नेपाल बिद्यार्थी संघ अमेरिका शाखाका अध्यक्ष प्रभात सापकोटा, कार्यक्रम संयोजक गर्ने यादव बास्तोला, लुईसाङ वाइबा लगायतले कोष्टाका लागि सहयोग गर्न सबै नेपाली समुदायलाई आग्रह गरेका छन् ।

काउन्सिल म्यान कोष्टा नेपाली समुदायको हितका लागि काम गर्ने नेता हुन् । उनि न्यूयोर्क सिटीको डिस्टीक २२ का काउन्सिल म्यान हुन् । उनि सन्, २०१३ मा ६५ प्रतिशत मत सहित र २०१७ मा पुन ९३ प्रतिशत मत सहित दोश्रो कार्यकालका लागि बिजयी भएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com