इन्डोनेसिया भूकम्पबाट मर्नेको संख्या ५५५ पुग्यो


प्रकाशित मिति : भाद्र ८, २०७५ शुक्रबार

A man walks through debris from Sunday’s earthquake in West Lombok, Indonesia, Saturday, Aug. 11, 2018. Scientist say the powerful Indonesia earthquake that killed more than 300 people lifted the island it struck by as much as 25 centimeters (10 inches). (AP Photo/Firdia Lisnawati)

इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा गएको शक्तिशाली भूकम्पबाट मृत्यु हुनको संख्या ५५५ पुगेको छ । साथै यस भूकम्पमा परी करिब एक हजार ५०० घाइते भएका छन् भने लाखौै व्यक्ति घरवारबिहिन भएका छन् ।

विदा मनाउनको लागि प्रख्यात बाली र सुन्दर स्थल लोम्बोकका जुलाई २९ र अगष्ट ५ मा शक्तिशाली भूकम्प गएको थियो । गत अगष्ट ५ आइतबारका दिन गएको यस भूकम्प ६.९ म्याग्नीच्युडको मापन गरिएको थियो ।

देशको उत्तर भागमा रहेको लोम्बोक र छिमेकमा पर्ने प्रान्त सुम्बावा यस भूकम्पबाट अत्यन्त प्रभावित भएको थियो । यसै क्षेत्रका धेरै व्यक्तिहरु मारिएका इन्डोनेसिया प्रकोप नियन्त्रण विभागले जनाएको छ । सो भूकम्पमा परी मारिएका व्यक्तिहरुका प्रायःजसो भवन भग्नावशेषमा पुरिएका थिए ।

भूकम्पको त्रासको कारण अझै पनि तीन लाख ९० हजार व्यक्ति विस्थापित रहेका प्रकोप नियन्त्रण निकायले जानकारी दिएको छ । भूकम्पका कारण लोम्बोकमा विद्युत सेवा अबरुद्ध हुनुका साथै ठाउँठाउँमा पहिरो गएको छ । आवासीय र कार्यालय भवनमा ठूलो क्षति पुगेको बताइएको छ । बेलाबेला आइरहने परकम्पका कारण स्थानीयबासीमा त्रास छाएकाले अझै पनि उनीहरु घरभित्र बस्न सकेका छैनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केही साताको अन्तरालमा लोम्बोकमा एकपछि अर्को शक्तिशाली भूकम्प गएपछि त्यहाँ ठूलो जनधनको क्षति भएको हो ।

यी शक्तिशाली भूकम्पबाट करिब ५५५ मानिसको मृत्यु भइसकेको छ । अधिकारीले यो सङ्ख्या अरु बढ्न पनि सक्ने बताएका छन् । दुई साता अघिकै भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या बढिरहेका बेला गत अगष्ट १९ आइतबार फेरि अर्काे शक्तिशाली भूकम्प गएको थियो ।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)का अनुसार आइतबार साँझ गएको पहिलो भूकम्प ६.९ म्याग्नीच्यूडको थियो । त्यस्तै आइतबारै साँझ अर्को परकम्प ६.३ र ५.४ म्याग्नीच्यूडका गएका थिए । यी सबै भूकम्प लोम्बोक द्वीपको उत्तरपूर्वमा केन्द्रित भएका थिए ।

सन् २००४ डिसेम्बरमा पनि इन्डोनेसियाको सुमात्रामा ९.१ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको र त्यसबाट सिर्जित सुनामीबाट एक दर्जन मुलुकका तटीय क्षेत्रका दुई लाख ३० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com