राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी दुर्घटनामा परेका छन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका केसी दिउँसो ३ बजेतिर मैतिदेवीको डेराबाट कपनमा रहेको पार्टी कार्यालय जाने क्रममा माइक्रोबाट झरेर घाइते भएको उनका भतिजा हिरा केसीले जानकारी दिए ।
माइक्रोको ढोका सँगैको सिटमा बसेका केसी कपनस्थित पार्टी कार्यालय जानेक्रममा तल खसेका थिए । ‘डेराबाट पार्टी कार्यालय जाने क्रममा उहाँ चावहिल नजिक पुगेपछि माइक्रोको ढोकाबाट खस्नु भएछ,’ केसीले भने, ‘उहाँ बेहोस भएकै बेला स्थानीयले उद्धार गरेर अस्पतालसम्म ल्याउनु भएछ ।’ केसीको टाउको र ढाडमा चोट लागेको छ ।
त्यसक्रममा टाउको र ढाडमा चोट लागेका केसीलाई उपचारका लागि केएमसी अस्पतालमा भर्ना गरिएको छ । केसी पूर्वउपप्रधानमन्त्री समेत हुन् । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा उनी सहभागी भएका थिए ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।