अमेरिका टिपीपी सम्झौताबाट अलग्गिने


प्रकाशित मिति : मंसिर ७, २०७३ मंगलबार

अमेरिकाका राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले आफुले पदभार सम्हालेको पहिलो दिननै एक कार्यकारी आदेश जारी गरि ट्रान्स प्यासिफिक पार्टनरशीप व्यापार सम्झौताबाट फिर्ता हुने बताएका छन्। उक्त टिपीपी सम्झौता राष्ट्रपति ओबामाको व्यापार नीतिको एक प्रमुख हिस्सा रहँदै आएको छ।

जनवरीमा व्हाइट हाउस प्रवेश गरेपछि शुरुमा आफु के गर्न चाहन्छु भन्ने बारे एक भिडियो सन्देश जारी गर्दै ट्रम्पले उक्त घोषणा गरेका हुन्।
टिपीपी भनिने सो व्यापार सम्झौता विश्वको अर्थतन्त्रको ४० प्रतिशत हिस्सा ओगट्ने १२ देशले हस्ताक्षर गरेका थिए। सन् २०१५ मा हस्ताक्षर गरिएको उक्त सम्झौतामा जापान, मलेसिया, अष्ट्रेलिया, न्यूजील्याण्ड, क्यानडा तथा मेक्सिको सहभागी छन्। तर उक्त सम्झौता अनुमोदन भने भइसकेको थिएन।

उक्त सम्झौताका पक्षधरकाले त्यसले आर्थिक सम्बन्ध गहिरो बनाइ वृद्धि हासिल गर्ने उद्देश्य लिएको बताउने गरेका छन् भने विरोधीहरुले सो सम्झौता गोप्य रुपले गरिएको र ठूला कम्पनीहरुलाई फाइदा हुने खालको भएको भन्ने गरेका छन्। सोमबार जापानी प्रधानमन्त्री शीन्जो आबेले अमरिका विना ट्रान्स प्यासिफिक पार्टनरशीप व्यापार सम्झौता अर्थहीन हुने बताएका थिए।

सो भिडियो सन्देशमा ट्रम्पले कोइला उत्पादनमा उनकै शब्दमा रोजगारका अवसर मार्ने गरि लगाइएका रोकावटहरु कम पार्ने तथा अमेरिकी कामदारलाई असर पार्ने खालका भीजा दुरुपयोग रोक्ने बताए। उक्त सन्देशमा उनले अमेरिका फर्स्ट अर्थाता अमेरिकालाई पहिलो प्राथमिकतामा राख्ने नै आफ्नो मूल एजेण्डा हुने बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यकालको पहिलो दिन आफुले चाल्ने ६ प्रमुख कार्यकारी कदम उनले प्रष्ट्याए। जसमा टिपीपीबाट फिर्ता हुने, अमेरिकी उर्जा उत्पादनमा लगाइएका तगारा हटाउने, व्यापारमा लागेका नियमन खुकुलो पार्ने, साइबर हमलासंग जुध्न योजना बनाउने, भीजा दुरुपयोग अनुसन्धान गर्ने तथा सरकारी सेवा छाडेकाहरुलाई पाँच वर्षसम्म कसैको पक्षमा लब्बिइस्टको काम गर्नबाट प्रतिबन्ध लगाउने रहेका छन्। बिबिसी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com