प्रधानमन्त्री ओलीका सुरक्षागार्ड फेरिए


प्रकाशित मिति : श्रावण २०, २०७५ आईतबार

प्रधानमन्त्री केपी शर्मा ओलीका सुरक्षा गार्ड फेरिएका छन्।

सुरक्षागार्डमा कार्यरत एसपी सानुराम भट्टराईको बढुवापछि सरूवा भएकाले गार्ड परिवर्तन भएको हो।

एसपी सानुराम आइतबार बालुवाटरबाट बिदा भएका छन्।

आइतबारदेखि प्रधानमन्त्रीको सुरक्षा गार्डको रूपमा डिएसपी राजन लिम्बुलाई पठाइएको छ। डिएसपी लिम्बु यसअघि प्रहरी प्रधान कार्यालय नक्सालस्थित् सुरक्षा निर्देशनालयमा कार्यरत थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सानुराम भट्टराईको बढुवा भएर केन्द्रीय अनुसन्धान व्यूरोमा सरूवा भएपछि डिएसपी लिम्बुलाई पठाइएको हो। प्रधानमन्त्रीको पिएसओमा सरुवा भएका लिम्बु यसअघि सुवास नेम्वाङ सभामुख हुँदा उनको पिएसओका रुपमा काम गरेका थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com