जाजरकोटमा पहिरो : दुई घर पुरिए, बालिकाको शव भेटियो
प्रकाशित मिति : श्रावण २०, २०७५ आईतबार
जाजरकोटको सदरमुकाम खलगांमा पहिरोले दुईवटा घर पुरेको छ। अाइतबार बिहान अाठ बजे खसेको पहिरोमा स्थानीय तीर्थराज बोहरा र गोपाल सुनारको घर पुरिएको हो।
पहिरोमा सुनार र बोहराका परिवारका सदस्यहरू बेपत्ता भएको प्रहरीले जनाएको छ। पहिरो गएको स्थानमा अहिले प्रहरी र नेपाली सेनाले स्थानीयवासीको सहयोगमा उद्दारकार्य गरिरहेका छन्।
पहिरोमा अन्दाजी ७ वर्षीय बालिकाको शव भेटिएको प्रहरीले जानकारी दिएको छ। विस्तृत विवरण आउन बाँकी छ।





