बाघ संरक्षणमा नेपाल विश्वकै उत्कृष्ट


प्रकाशित मिति : मंसिर ४, २०७३ शनिबार

सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने महत्वकाङ्क्षी अभियान सुरु गरेको नेपालले शनिबारदेखि बाघ पाइने क्षेत्रमा विशेष अनुगमन सुरु गरेको छ । सन् २००९ मा रुसमा भएको विश्वका राष्ट्रप्रमुखहरूको महासम्मेलनमा सहभागी राष्ट्रहरूले सन् २०२२ सम्ममा आफ्ना देशमा भएको सङ्ख्याको दोब्बर वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । हालसम्मका बाघको सङ्ख्या हेर्दा तोकिएको अवधिसम्ममा बाघको सङ्ख्या दोब्बर पु¥याउनसक्ने विश्वकै एकमात्र राष्ट्र नेपाल हुने सङ्केत देखा परेका छन् ।

विश्वका १३ वटा देशमा मात्र बाघ संरक्षण भइरहेका छन् । दक्षिण एसियाका नेपाल, भारत, भुटान, बङ्गलादेश, चीनमा बाघको सङ्ख्या तुलनात्मक रूपमा बढी पाइने गरेका छन् । इन्डोनेसिया, लाओस, रुस, भियतनाम, मलेसिया, थाइल्यान्ड, म्यानमार र कम्बोडियामा न्यून सङ्ख्यामा बाघ बाँचेको भेटिन्छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट लक्ष्मण पौडेलका अनुसार बाघ पाइने क्षेत्रमा गरिन थालिएको विशेष अनुगमन कार्यको सुरुआत बर्दिया राष्ट्रिय निकुञ्जबाट भएको छ । यसको पूर्वसन्ध्यामा बर्दिया राष्ट्रिय निकुञ्जमा विशेष अनुगमनमा खट्ने प्राविधिकलाई विशेष प्रशिक्षणको आयोजना पनि सम्पन्न गरिएको छ ।

बाघ जस्ता खतरनाक र दुर्लभ वन्यजन्तुका गणना र अनुगमनमा क्यामरा ट्र्यापिङको प्रविधि प्रयोग गरिन्छ । यो अनुगमनमा पनि क्यामरा ट्र्यापिङ प्रविधि प्रयोग गरिने इकोलोजिस्ट पौडेलले जानकारी दिनुभयो । पछिल्ला केही वर्षमा बाघको प्रभावकारी संरक्षण अभियान, बासस्थानको सुधार, आहारको व्यवस्थापन लगायतका कुरामा देखिएको सुधारका कारणले नेपालमा हरेक वर्ष बाघको सङ्ख्या वृद्धि हुँदै गएको छ भने शून्य सिकार वर्ष विभागले सफल रूपमा सञ्चालन गर्दै आइरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २००९ मा नेपालमा बाघको सङ्ख्या १२५ थियो । यसको आधारमा सन् २०२२ सम्ममा नेपालले बाघको सङ्ख्या दोब्बर बनाउन २५० पुर्‍याउनुपर्ने हुन्छ । सन् २०१३ को बाघको गणनामा बाघको सङ्ख्या १९८ पुगेको थियो । आगामी वर्ष सन् २०१७ मा बाघको गणना गर्ने कार्यक्रम रहेको विभागका सहायक इकोलोजिस्ट ऋषि रानाभाटले जानकारी दिए।

क्यामरा ट्र्यापिङ प्रविधिबाट पहिलो चरणमा बर्दिया राष्ट्रिय निकुञ्जबाट सुरु गरिने भए पनि चरणबद्ध रूपमा पर्सा वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका बन, बाँके राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा पनि गणना गरिने विभागले जनाएको छ । यो वर्ष संरक्षित क्षेत्रभित्र मात्र गरिए पनि आगामी वर्षदेखि पर्सादेखि शुक्लाफाँटासम्मका बाघ पाइने राष्ट्रिय वनमा समेत यो कार्यलाई निरन्तरता दिइने पौडलले जानकारी दिए। विभागका अनुसार बाघ संरक्षणका लागि सरकारले पाँचवर्षे बाघ संरक्षण विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ ।

चोरी तस्करी नियन्त्रणका लागि सुराकी परिचालन, स्थानीय बासिन्दामा सचेतना अभियान, सुरक्षा संयन्त्रको बाक्लो गस्ती र उपस्थिति लगायतका कार्यहरू पछिल्ला दिनमा प्रभावकारी रूपमा सञ्चालन भइरहेको विभागका उपमहानिर्देशक शेरसिंह ठगुन्नाले बताए । स्थानीय समुदायको प्रत्यक्ष सहभागितामा बाघको संरक्षण र संरक्षणपश्चात् समुदायलाई पनि प्रतिफल दिनसक्ने गरी पाँच वर्षीय बाघ संरक्षण कार्ययोजना (२०१६–२०२०) विभागले निर्माण गरी कार्यान्वयनमा लैजाने तयारी गरिएको उपमहानिर्देशक ठगुन्नाले बताए । बाँके राष्ट्रिय निकुञ्ज घोषणा गरिनु, पर्सा वन्यजन्तु आरक्षको क्षेत्र विस्तार गरिनु, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लफाँटा वन्यजन्तु आरक्षमा पनि बाघको बासस्थानका सुधार तथा आहारको व्यवस्थापन हुनुले नेपालमा बाघको सङ्ख्या बढ्दै गएको हो ।

बाघविज्ञ डा. झमक कार्कीका भनाइमा पनि पछिल्ला वर्षमा नेपालले शून्य सिकार वर्ष सम्पन्न गरेकाले बाघ लगायतका अन्य महŒवपूर्ण वन्यजन्तुको सङ्ख्या तुलनात्मक रूपमा वृद्धि भइरहेको छ । हाल नेपालमा सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२१ वटा रहेको रेकर्ड गरिएको गाेरखापत्रमा खबर छ । त्यसपछि बर्दिया र शुक्लाफाँटा बाघको बासस्थान मानिन्छ । नेपालमा पाइने बाघ पाटे बाघ (रोयल बङ्गाल टाइगर ) प्रजातिका हो । बाघले आफ्नो आहारका रूपमा बँदेल, बाह्रसिँगा, मृग, अर्नालगायतका जङ्गली जनावरलाई प्रमुख रूपमा लिने गर्छ । बाघको आहार प्रजातिका वन्यजन्तुको सङ्ख्यामा पनि वृद्धि भइरहेको विभागले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com