बसपार्क क्षेत्रबाट २० जना महिला र ३२ जना पुरुष पक्राउ


प्रकाशित मिति : श्रावण १९, २०७५ शनिबार

प्रहरीले गोगंबु बसपार्कस्थित होटल तथा रेष्टुरेन्टहरुबाट २० जना महिला र ३२ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग, नयाँबसपार्कबाट खटिएको एक टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

होटल तथा रेष्टुरेन्टहरुमा चेकजाँच गर्ने क्रममा शंकास्पद रुपमा उनीहरुलाई सोधपुछको लागि पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग, नयाँबसपार्कले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुलाई प्रहरी कार्यालयमा ल्याई आवश्यक सोधपुछ गरी सम्झाईबुझाई आफन्तको जिम्मा लगाइएको छ । पक्राउ पर्नेहरु प्रायः केटीहरु सबै २० वर्षमुनीका रहेको प्रहरीले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com