चैतसम्म दक्षिण कोरिया, साउदी अरेबिया र जापानसम्म नेपाल एअरलाइन्स पुग्ने


प्रकाशित मिति : श्रावण १७, २०७५ बिहीबार

काठमाडौं – नेपाल वायुसेवा निगमका विमान आउँदो चैतसम्म दक्षिण कोरिया, साउदी अरेबिया र जापानसम्म पुग्ने भएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सार्वजनिक गरेको एकवर्षे कार्ययोजनामा निगमका विमानले यसै वर्षभित्र जापान, साउदी अरेबिया र जापानसम्मको उडान गर्ने उल्लेख छ । अहिले भित्राएका २ वटा वाइडबडी जहाजले जापान, कोरियालगायतका लामो दूरीमा सेवा दिने निगमले जनाएको छ ।

निगमले जापानसँग नेपाली जहाज उडानको सम्झौता समेत गरेको छ । यस्तै मन्त्रालयले आज सार्वजनिक गरेको कार्ययोजनामा यसै वर्षभित्र ६ वटा साना र २ वटा ठूला विमान किन्ने गरी निगमलाई टेन्डर आह्वान र खरिद आदेश दिने उल्लेख छ ।

६ वटा साना विमानले देशभित्र सेवा दिने र २ वटा न्यारो बडी जहाजले अन्रतर्राष्ट्रिय सेवा दिनेछन् । यस्तै चैतभित्रै अन्तर्राष्ट्रिय उडान गर्ने सबै जहाजले दैनिक १४ घन्टा उडान गर्नैपर्ने, नेपाल आएको दोस्रो वाइडबडी जहाजले भदौभित्र उडान थाल्ने र सबै विमानको लागि प्राविधिक जनशक्ति पूरा गर्ने पनि कार्ययोजनामा उल्लेख छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com