३३ किलो सुन काण्डमा ३ सय भन्दा बडी अनुसन्धानकाे दायरामा


प्रकाशित मिति : श्रावण १७, २०७५ बिहीबार

काठमाडौ । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका बारेमा छानवीन गर्न गठित छानवीन समितिले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको छ ।
गृह मन्त्रालयका सहसचिव इश्वरराज पौडेलको संयोजकत्वमा गठित छानवीन समितिले ७ सय ५२ पेज भन्दा लामो प्रतिवेदन बुझाएको छ । समितिले ७५ जना बिरुद्ध मुद्धा दायर गरेको छ भने ४५ जनालाई पक्राउ गरेर अदालतमा उपस्थित गराएको थियो ।

प्रधानमन्त्री ओलीलाई बुझाएको प्रतिवेदनमा नेपालमा लामो समयदेखि सुन तस्करी राजनीतिक दल, उच्च सरकारी अधिकारी, सुरक्षा निकायका उच्च अधिकारीको संरक्षण हुने गरेको कारण सुन तस्करीकालागि नेपाल स्वर्ग भएको समेत प्रतिवेदनमा उल्लेख गरिएको बताइएको छ ।

सुन तस्करीमा दलका नेताहरु समेत संलग्न रहेको ठहर सहितको प्रतिवेदन प्रधानमन्त्रीलाई हस्तानतरण

सहसचिव पौडेलको टोलीले तयार पारेको प्रतिवेदनमा सुन तस्करी, हण्डीबीच अन्तर सम्वन्ध रहेको उल्लेख छ । प्रतिवेदनमा सुन तस्करी काण्डमा अझै ३ सय भन्दा बढीको संलग्नता रहेको र उनीहरुको नाम नै किटेर कारवाहीको दायरमा ल्याउन समेत सििमतले आग्रह गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरकारले गठन गरेको समितिको २ पटक म्याद थप गरिएको भएपनि अनुसन्धानको पाटो गहिरो भएकाले अझै दायरा फराकिलो भएको समिति गठन गर्न समेत सुझाव दिएको बताइएको छ ।

समितिले तयार पारेको प्रतिवेदनमा प्रहरी प्रधान कार्यालयले एउटा टोली बनाएर अनुसन्धानलाई अझै गहन रुपमा गर्न समेत सिफारिस गरेको बताइएको छ ।
३ सय जना माथि थप अनुसन्धान गर्न सिफारिस गरेकामा केही राजनीतिक दलका नेताहरु समेत रहेको बताइएको छ ।

सरकारले गत चैत २० गते उक्त समिति गठन गरेको थियो । समितिका संयोजक पौडेलको अध्यागमन बिभागमा सरुवा भएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com