मोटरसाइकलमा ४ लाख र गाडीमा ५० लाखसम्म मूल्यवृद्धि
प्रकाशित मिति : श्रावण १७, २०७५ बिहीबार
काठमाडौं – सरकारले चालू आर्थिक बर्षदेखि लागू हुने गरी सवारीसाधनको अन्तःशुल्क इन्जिन क्षमताअनुसार निर्धारण गरेपछि महँगाा सवारीसाधनको मूल्य उल्लेख्य रुपमा वृद्धि भएको छ ।
दुईपाङ्ग्रे सवारीमा २ हजारदेखि ४ लाख रुपैयाँसम्म वृद्धि भएको छ । भने चारपाङ्ग्रे सवारीमा ५० लाख रुपैयाँसम्म बढेको देखिन्छ । आजको कारोबारमा खबर छ ।
बजेटमार्फत चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीमा इन्जिन क्षमताका आधारमा ५ प्रतिशत विन्दुदेखि ४० प्रतिशत विन्दुसम्म अन्तःशुल्क बढाइएको थियो । बजेटमार्फत १ हजार सीसी इन्जिन क्षमताभन्दा माथिका कार र १ सय ५० सीसीभन्दा बढी इन्जिन क्षमताका मोटरसाइकलको अन्तःशुल्क वृद्धि गरिएको हो ।
विगतमा चारपाङ्ग्रे सवारीमा ६० प्रतिशत अन्तःशुल्क लाग्दै आएको थियो । बजेटमार्फत १ हजार सीसी इन्जिन क्षमताभन्दा माथिका कार र १ सय ५० सीसीभन्दा बढी इन्जिन क्षमताका मोटरसाइकलको अन्तःशुल्क वृद्धि गरिएको हो । १ हजारदेखि १५ सय सीसी इन्जिन क्षमताका कारमा हाल लाग्दै आएको ६० प्रतिशत अन्तःशुल्क बढाएर ६५ प्रतिशत, १५ सय सीसीदेखि २ हजारसम्मको गाडीमा ७० प्रतिशत, २ हजारदेखि २५ सयसम्ममा ८० प्रतिशत, २५ सयदेखि ३ हजार सीसीसम्मको गाडीमा ९० प्रतिशत र ३ हजार सीसीदेखि माथि गाडीको अन्तःशुल्क शतप्रतिशत पु(याइएको हो ।
त्यस्तै, मोटरसाइकलमा १ सय ५० सीसीदेखि माथिमा अन्तःशुल्क बढाइएको छ । १५० सीसीसम्म ४० प्रतशित अन्तःशुल्क ९साविक दर०, १५१ देखि २५० सीसीसम्म ५० प्रतिशत, २५१ देखि ५०० सीसीसम्म ६० प्रतिशत, ५०१ देखि ८०० सीसीसम्म ८० प्रतिशत, ८ सय १ सीसीदेखि माथि १ सय प्रतिशत अन्तःशुल्क कायम गरिएको छ ।
सवारीसाधनको मूल्य बढ्नुमा यो बर्षको बजेटमार्फत गरिएको अन्तःशुलक र सडक मर्मत दस्तुर वृद्धि हुनु भएको नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका महासचिव सुनील रिजालको भनाइ छ ।





