सर्पको टोकाईबाट यसोदा कट्टेलको मृत्यु
प्रकाशित मिति : श्रावण १६, २०७५ बुधबार
उदयपुरमा सर्पको टोकाईबाट २३ वर्षकी एक महिलाको मृत्यु भएको छ । कटारी नगरपालिका–२ स्थित गिद्धाबर घर भएकी २३ वर्षकी यसोदा कट्टेलको सर्पको टोकाइबाट मृत्यु भएको हो ।
मङ्गलवार बिहान करिब ४ बजेको समयमा घर लिपपोत गरिरहेकी उनलाई माटो लीन गोठमा गएको बेला कट्टेललाई सर्पले टोकेको थियो । केही समयपछि कट्टेललाई कटारी-१,स्थित बेल स्रोत आर्मी क्याम्पको सर्प दश उपचार केन्द्र्रमा उपचारमा पुराइयको थियो। अवस्था जटिल भइसकेकोले यहाँ पर्याप्त उपकरण हरू नभएको बताएपछि बाहिर लैजान सुझाव दिएको मृतकका जेठाजु मोहन कट्टेलले जानकारी दिए।
जब बोल्न नसक्ने घाटी च्यापेपछि उनलाई थप उपचारको लागि चोहर्वा आर्मी क्याम्पमा रहेको सर्प दश उपचार केंद्र लागिएको थियो। चोहर्वा लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो । केही दिन अगाडि कटारी-४ सिम्लेमा हजुरआमा र नातिनी कटारी-२ गुराँसका १० बर्से बालकको पनि राती सुतिरहेको अवस्थामा सर्पले टोकेर मृत्यु भएको थियो।





